सिअाइएमा महिला प्रमूख

93 Hits
सिअाइएमा महिला प्रमूख

अमेरिकी गुप्तर निकाय सीआईएमा पहिलो महिला निर्देशकका रूपमा जिना ह्यास्पेललाई नियुक्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सिफारीस अमेरिकी सिनेटले अनुमोदन गरेको छ ।

सन् २००१ सेप्टेम्बरमा अमेरिकामा भएका आतंकवादी हमलापछि गुप्तचर निकायले चलाएको विवादास्पद केरकार तथा सोधपूछ कार्यक्रममा उनको पनि भूमिका रहेको थियो ।

राष्ट्रपति बुसको कार्यकालमा सीआईएले अपनाएको पट्टी बाँधेर पानीमा डुबाउने सहितका यातना दिने कतिपय शैलीलाई लिएर सांसदहरूबीच दलीय आधारमा विभाजन देखिएपनि जिना ह्यास्पेलका पक्षमा ५४ र विपक्षमा ४५ मत परेको थियो ।

सीआईएकी वरिष्ठ कर्मचारी ह्यास्पेलले सन् २००१ को सेप्टेम्बरमा भएको हमलापछि थाइल्याण्डमा रहेको एउटा भूमिगत अखडा हेर्ने जिम्मेवारी पाएकी थिइन् ।

उनी अघिका सीआईए प्रमुख माइक पोम्पेओले विदेशमन्त्री बन्न पद छाडेका थिए ।

भियतनामको जेलमा पाँच वर्षभन्दा बढी अवधि बिताएका रिपब्लिकन सिनेटर जोन मक्केनले यसअघि राष्ट्रपतिको मनोनयन प्रति आफ्नो विरोध रहेको बताएका थिए ।

बिहीवार ६ जना डिमोक्रयाट सांसदहरूले पार्टीको नीति विपरित उनको पक्षमा मतदान गरे ।

त्यसमध्येका एक भर्जिनियाका सिनेटर मार्क वार्नरले ह्यास्पेलले सिआइएले त्यस्तो खालको केरकार कार्यक्रम सञ्चालन नगरेको भए उपयुक्त हुने धारणा आफूसँग राखेको बताए ।

उनका अनुसार राष्ट्रपतिले आदेश दिएपनि भावी दिनमा आफूले त्यस्तो यातनाका शैलीहरू नअपनाउने बताइन् ।

दूई जना रिपब्लिकनले उनको विपक्षमा मत हालेकाले डिमोक्र्याटहरूको समर्थनविना उनको मनोनयन स्वीकृत हुनसक्ने अवस्था थिएन ।

सीआईएमा ३३ वर्ष काम गरेकी ह्यास्पेलले अधिकांश समय भूमिगत गुप्तचरको भूमिका निर्वाह गरेकी थिइन् ।

सन् २००२ मा उनलाई सीआईएले थाइल्याण्डस्थित ‘ब्ल्याक साइट’ भनिने कडा केरकारका गोप्य कार्यक्रम चलाइने स्थान सम्हाल्न पठाएको थियो ।

अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनमा त्यहाँ कठोर यातनाहरू दिइएको निष्कर्ष निकालेको छ ।

एक जना अब्दल रहिम अल नासिरि नामक संदिग्धलाई क्रुर शैलीमा यातना दिइएको थियो जुन शैलीका यातनालाई राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा प्रतिबन्धित गरेका थिए ।

ह्यास्पेलले जिम्मेवारी सम्हालिसकेपछि केरकार गरिएका अल नासिरीलाई निदाउनबाट वञ्चित गर्ने, नाङ्गै राख्ने, कडा तापक्रममा बस्न विवश पार्ने, सानो बाकसमा थुन्ने र पटक पटक पर्खालमा ठोक्काउने गरिएको थियो ।

तीन वर्षपछि ह्यास्पेलले उनी र अर्का एक संदिग्धलाई यातना दिइएका दृश्य समावेश ९२ वटा भिडियो नष्ट गर्न आदेश दिएकी थिइन् ।

सन् २०१४ मा अमेरिकी सिनेटले तयार पारेको एउटा प्रतिवेदनका अनुसार वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा भएका आक्रमणपछि ११९ जना पुरूषलाई यातना दिइएको थियो ।

अधिकारवादी संघ संस्थाहरूले ह्यास्पेलले थाइल्याण्डपछि पनि यातना सम्बन्धी कार्यक्रममै थप जिम्मेवारी पाएको बताउने गरेका छन् तर त्यसपछि उनको भूमिका स्पष्ट छैन् किनभने सिआइएले उनकाबारेका जानकारीलाई गोप्य राखेको छ ।

राष्ट्रपति ट्रम्पले विगतमा अमेरिकाले आतंकवादी गतिविधिका संदिग्धहरूलाई पानीमा डुबाएर यातना दिने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*