माओवादी-एमाले एकतापछिको पार्टीमा को-को पर्दैछन केन्द्रीय समितिमा ?

1109 Hits

काठमाडौं, ३ जेठ ।
आज एकताको घोषणा गर्ने तयारीमा रहेका नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेबाट नयाँ बन्ने केन्द्रीय समितिमा को को पर्ने भन्ने चर्चा शुरु भएको छ । माओवादी केन्द्रले पार्टी अध्यष पष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा वादललाई केन्द्रीय कमिटिमा पर्ने नेताहरुको नामावली टुंग्याउने अधिकार दिएको छ ।

माओवादीबाट २ सय जना केन्द्रीय समितिमा पर्नेछन भने एमालेबाट २ सय ४१ जना केन्द्रीय सदस्य बन्नेछन् ।
माओवादी केन्द्रले हाल विद्यमान केन्द्रीय कार्यालयका सबैलाई केन्द्रीय समितिमा लैजाने बुझीएको छ भने स्थायी समिति र वरिष्ठ जिल्ला इन्चाजर्, पोलिट्व्युरो सदस्य र जनवर्गिय संगठनका केन्द्रीय अध्यक्ष र महासचिवसम्मलाई केन्द्रीय समितिमा लैजाने तयारी बुझीएको छ ।
माओवादीले थ्री इन वान अर्थात युवा, अनुभवी र वरिष्ठतालाई केन्द्रीय समितिमा समेटने तयारी गरेको छ ।
त्यसैगरी एमालेले पनि आफ्नो स्थायी समिति र वरिष्ठ पोलिट्व्युरो सदस्य एवं जिल्ला इन्चार्ज र जनवर्गिय संगठनका प्रमूखहरुलाई केन्द्रीय समितिमा लैजाने तयारी गरेको नेता योगेश भट्टराईले जनाएका छन् ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी