रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउनेलाइ कारवाही गर्ने कतार सरकारकाे घाेषणा

103 Hits

काठमाडौं, ३ जेठ –

कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

आजको कान्तिपुरमा समाचार छापिएकाे छ – कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।

मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।

 

Related News

कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धार पहल

काठमाडाै‌, २२ बैसाख । सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारकाे पहल सुरु गरेको छ ।…

कतारमा ४ सय २७ नेपाली अलपत्र

काठमाडौं, ११ बैसाख कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*