कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

126 Hits

सुर्खेत,  ३ जेठ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सुर्खेतबाट हुम्ला जाँदै गरेको मकालु एयरको विमान दुर्घटना र त्यसबाट भएको मानविय क्षतिप्रति मुख्यमन्त्री शाहीले दुख व्यक्त गरेका हुन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनुहुने विमान चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै उनले शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले एकातिर भौगोलिक विकटताका कारण कर्णाली प्रदेशमा हवाई यातायातको अपरिहार्यता रहेको र अर्कोतिर हवाई दुर्घटना बढ्दै गएकाप्रति गम्भीर चिन्ता गरेका उनले जनाए।

मुख्यमन्त्री शाहीले हवाई सुरक्षाका लागि केन्द्र सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी दुर्घटना न्यूनीकरणको पहल गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

Related News

देशकै धनी प्रदेश बनाउने संकल्प, यस्ता निर्णय गर्यो ६ नं को पहिलो मन्त्रीपरिषद बैठकले

सुर्खेत, ७ फागुन । देशको सवैभन्दा कान्छो प्रदेशको रुपमा आइतबार मन्त्रीपरिषद विस्तार गरेको प्रदेश नम्बर ६ ले देशकै गरीवको परिचय फेरेर…

प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरुको तस्विर राख्न माग

सुर्खेत, ५ फागुुन/ प्रदेश नं. ६ को संसद सचिवालयमा प्रदेश प्राप्तिका लागि साहदत प्राप्त सहिदहरुको तस्विर राख्न माग गरिएको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी