उन्नत जातका खसी र बोकाको व्यावसायिक कारोबार शुरु

203 Hits

मोरङ, २ जेठ ।

मोरङ जिल्लामा खसी र बोकाको व्यावसायिक कारोबारका लागि उन्नत जातका विदेशी नश्लका खसी बोका र पाठापाठीको उत्पादन विक्री वितरण शुरु भएको छ ।

रंगेली नगरपालिका अन्तर्गत दर्बेसा –८ स्थित सावित्रा बाख्रा फार्ममा अस्टेलियाको बेयर जातका बोका र भारत राजस्थानको बारबरी जातको बोका खरिद गरी स्थानीय बाख्रालाई गर्भाधान गराई उन्नत जातको पाठापाठी उत्पादन तथा बिक्री वितरणको कारोबार भइरहेको हाे ।


विगतमा स्थानीयस्तरका बोकाबाट गर्भाधान गराइ पाठापाठी उत्पादन भइरहेको थियो तर उन्नत जातको पाठापाठी उत्पादन नभएकाले चितवनबाट जमुनापारी उच्च नश्लका बोका गर्भाधानका लागि ल्याइएको हो ।

सिराहाको बन्दीपुरस्थित कृषि अनुसुन्धन परिषद्को कार्यालयबाट अस्ट्रेलियन बोका तथा राजस्थानी बारबरी जातको बोका ल्याइएको हो । नश्लसुधार कार्यक्रम अन्तर्गत पाठापाठीको उत्पादनका लागि बोका ल्याएको सो फार्मले प्रति बोका रु एक लाखदेखि डेढ लाख सम्ममा खरिद गरिएको जनाएको छ ।

पाठापाठी जन्मेको तीन महिनामा २२ केजी सम्मको खसीबोका हुने भएकाले सो फार्मबाट पूर्वाञ्चलको राजविराज, लाहान, सिराहा, धरान, धनकुटा, दमक, काकड्भिटा, विर्तामोड, इलाम र भारत बिहार किसनगन्ज,अररिया, पुरर्नीया, फारबिसगञ्जलगायतका व्यवसायी यहाँ खसीबोका खरिद गर्न आउँछन् ।

Loading...

Related News

मध्यभोटेकोशी जलविद्युतको साधारण शेयर खुल्यो, यसरी लिनुहोस्

काठमाडौँ, २९ कात्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण…

बचतकर्तालाई ११ लाखको स्वास्थ्य विमा गरिदिने

काठमाडौं, २८ कात्तिक । आफ्नो संस्थामा बचत गर्ने बचतकर्र्तालाई ११ लाखको स्वास्थ्य विमा गर्ने कुराले ती बचतकर्तालाई कत्तिको खुशी देला…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी