आइसिसी वर्ल्ड ११ मा परे सन्दिप लामिछाने

54 Hits

काठमाडौं । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछाने आइसिसी वर्ल्ड ११ मा पर्न सफल भएका छन् । ११ मा परेका बंगलोशका सकिल अल हसनले आफ्नो व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि लामिछाने ११ मा परेका हुन् ।

यो सँगै उनी ३१ मे मा लडर्समा हुने वेष्ट इण्डिजविरुद्ध खेल खेल्न पाउने भएका छन् । नेपाली स्पिनर लामिछानेका लागि यो एेतिहासिक मौका भएको आएसिसीले उल्लेख गरेको छ । लामिछानेको टोलीको कप्तान इयान मोर्गान, साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्चीलगायत छन । सन्दिप अहिले इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयरडेभिल्सको तर्फबाट क्रिकेट खेलिरहेका छन् । लामिछानेलाई आइसिसीले उदाउँदो प्रतिभावान युवा क्रिकेटर भएको उल्लेख गरेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*