आखिर हुने भयो एमाले–माओवादीबीच पार्टी एकता, भोलि एकता गर्ने तयारी हुँदै

99 Hits

काठमाडौँ । मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो ।

केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ । उच्च राजनीतिक स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिनेछ ।

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो । आज विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए । ‘अव एकताका लागि औपचारिकता मात्र वाँकी रहेको छ ’ स्रोतले भन्यो । पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् । यसका लागि दुवै पार्टीले आन्तरिक तयारी शुरु गरेका छन् । आज साँझ चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलय सचिवालयको वैठक आव्हान गरेका छन् ।

एमालेले प्रधानमन्त्री निवास बालुवाटारमै आज चार बजे स्थायी समिति बैठक बोलाएको छ । भोलि ११ बजेका लागि बालुवाटारमै केन्द्रीय समितिको पनि वैठक आव्हान गरेको छ । माओवादीले पनि चार बजे पार्टी सचिवालयको बैठक बोलाएको छ । ओली र प्रचण्डको वान टु वान वार्ताले भोली १० बजे एकता संयोजन समितिको बैठक बोलाएको छ । यिनै विषयमा छलफल गर्न आजै बेलुका ४ बजे एमालेको स्थायी समिति वैठक वस्दै छ ।

यस्तै माओवादीले पनि एकताकै विषयमा छलफल गर्न साझ वैठक वोलाएको माओवादीका एक नेताले बताए । प्रचण्डले बेला–बेला २०५१ सालमै आफुले पार्टी एकताका लागि मदन भण्डारीसँग कुराकानी गर्ने तयारी भैरहेका बेला भण्डारी दुर्घटनामा परेको बताउँदै आएका छन् । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको एमालेका उपमहासचिव विष्णु पौडेलले बताए । ओली र प्रचण्डको संवादपछि उनले मिडियालाई प्रतिक्रिया दिएका थिए ।

उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि बताएका थिए । ओली र प्रचण्डको संवादपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताएका थिए । उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने जानकारी दिएका थिए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*