हराएको बिमान अझै सम्पर्कबिहिन, खोजिकार्य जारी

50 Hits

सुर्खेत । सुर्खेतबाट सिमिकोटका लागि उडेको मकालु एयरको विमान अझै भेटिएको छैन । बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको मकालु एयरको विमान सम्पर्कविहीन भएको थियो ।

४ घण्टादेख सम्पर्क बिहिन बिमान यसअघि विमान बाजुरामा भेटिएको खबर आए पनि यो सूचना गलत भएको पाइएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानमा चालक दलका २ सदस्य मात्र छन् । विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि अहिलेसम्म सम्पर्कमा छैन । यसअघि प्रहरीले धूँवा देखेर सिमिकोट विमानस्थलमा जानकारी दिएको थियो। सिमिकोटले हामीलाई जानकारी गरायो, तर उक्त जानकारी गलत रहेछ,’ प्रवन्धक विनोद पन्तले भने,‘ खोज्न गएको हेलिकप्टर चालकको फोन अफ छ पछिल्लो सूचना आएको छैन।’

‘यसअघि हामीले धुला चौरमा जहाज भेटिएको जानकारी पाएका थियौ। तर उक्त जानकारी गलत रहेछ,’ प्रमुख पन्तले भने,‘विमान अझै सम्पर्क बिहिन छ।’ पन्तले शंकाका भरमा जहाज भेटिएको जानकारी फैलिएको बताए। ‘हामीले पनि शंकाका भरमा विमान भेटिएको जानकारी लिएका हौं,’ उनले भने,‘जहाजको खोजी भइरहेको छ।’ ७ नम्बर प्रदेशका संघीय प्रहरी कार्यालयका प्रमुख एसएसपी धनसिंह बोहोराका अनुसार हराएको भनिएको क्षेत्र उक्त बगरमा पनि जहाज फेला परेको छैन। हेलिकप्टरबाट खोज्ने काम भइरहेको छ। हेलिकप्टरसँगै प्रहरीको टोली पनि परिचालित छ।

बुधबार बिहान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमिकोट उडेको उक्त जहाज सम्पर्कविहीन भएको थियो। बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज ६ बजेर ५५ मिनेटमा सिमिकोट अवतरण गर्नुपर्ने थियो। विमानका चालक दलमा क्याप्टेन किरण भट्टराई र को पाइलट आदित्य नेपाली रहेका थिए।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी