माओवादी-एमाले एकतापछिको मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’, अरु केके भए सहमति ?

302 Hits

काठमाडौं, २ जेठ ।
नेपालका मुख्य २ ठूला बामपंथी पार्टी नेकपा माओवादी केन्द्र र एमालेबीच एकतापछिको एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त जनताको जनवाद राख्ने सहमति भएको छ ।
माओवादी केन्द्र र एमालेबीच मार्गदर्शक सिद्धान्त के राख्ने भन्ने विषयमा विवाद भएको कुरा आइरहेको बेला एकता संयोजन समितिका सदस्य देवप्रसाद गुरुंगले मार्गदर्शक सिद्धान्त ‘जनताको जनवाद’ राख्ने सहमति भएको खुलासा गरे ।

एमालेले मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले ‘२१ सौं शताव्दीको जनवाद’लाई मार्गदर्शक सिद्धान्त मान्दै आएका थिए । दुई दलबीचको एकता प्रक्रियामा एमालेले जनताको बहुदलीय जनवाद नै मान्नुपर्ने दवाव दिंदै आएको थियो भने माओवादीले जबजमात्रै मान्न नसकिने बताउँदै आएको थियो ।
एमाले र माओवादी केन्द्रबीच निर्वाचन अघि नै एकता गर्ने घोषणा गरिएको भएतापनि अझै एकता हुन सकेको छैन । मार्गदर्शक सिद्धान्त बाहेक जनयुद्धलाई विधानको प्रस्तावनामा समेट्ने विषयमा पनि एमालेले अवरोध गरिरहेको थियो । अब जनयुद्धलाई विधानको प्रस्तावनाको पहिलो पृष्ठमै राख्ने सहमति भएको छ ।

त्यसैगरी पार्टीको मुख्य नेता दुई अध्यक्षको रुपमा राख्ने विषयमा सहमति भइसकेको सन्दर्भमा आगामी महाधिवेशनपश्चात सहमतिको आधारमा माओवादी अध्यक्ष प्रचण्डलाई अध्यक्षको रुपमा स्वीकार्ने विषयमा पनि एमालेले सहमति जनाएको गुरुंगले बताए ।
एमाले माओवादी बीच केन्द्रीय समिति ३ सय ९९ नबढ्ने गरी बनाउने पनि सहमति भएको छ ।
एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र पार्टीको रणनीतिक लक्षय समाजवादको स्थापना र वैचारिक कार्यदिशा माक्र्सवाद लेनिनवाद रहने सहमति भएको छ ।
पार्टी एकताको घोषणाको मिति अझै अन्यौल रहीरहेको अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले कसैले थाहा नपाउनेगरी एकता हुन सक्ने बताएका थिए । एकीकृत पार्टीको चुनाव चिनहको बारेमा भने अझै विवाद टुंगीसकेको छैन । एमालेले सुर्यलाई नै चुनाव चिन्ह मान्नुपर्ने बताइरहेको छ भने माओवादीले सुर्य भित्र हँसिया हतौडा लाई चुनाव चिन्ह बनाउनुपर्ने प्रस्ताव राखेको छ ।
दुई पार्टीबीच संगठनमा समान संख्यामै सहभागिता रहनेगरी कमिटि निर्माण गर्ने सहमति भएको छ । त्यो भनेको प्रतिशतको रुपमा भन्दा पनि समानताको आधारमा संगठनमा प्रतिनिधित्व हुने कुरा भएको गुरुंग बताउँछन् ।
केही समयदेखि एमाले अध्यक्ष एवं प्रधानमन्त्री के पी ओलीका अभिव्यक्ति, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणमा गरिएको व्यवहार, सरकार सञ्चालनमा एमालेका तर्फबाट गरिएको मनोमानी आदीबाट एमाले र माओवादी एकताको प्रक्रियामा बादल लागिरहेको छ ।

Related News

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित, के होला एकीकरण प्रक्रिया ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*