हुम्लामा पर्यटकको चहलपहल

121 Hits

हुम्ला-

हुम्लामा पर्यटकको चहलपहल सुरु भएको छ । विमानहरूले नेपालगन्ज र सुर्खेतबाट बन्दोबस्तीका सामान, हेलिकप्टरको इन्धन ल्याउने काम पनि सुरु भएको छ । विमानस्थलमा भने व्यस्तता बढी छाएको छ ।

केही दिनमा भारतीय पर्यटकको तीर्थयात्राको क्रममा हुम्लाको मार्ग प्रयोग गर्ने भएको व्यस्तता बढी भएको छ । जताततै फिक्का नीला इन्धनका ड्रम देखिन थालेका छन् । हेलिकप्टरदेखि विमानका कर्मचारी कमिलाले खाना ओसार्दा लागेको ताँती जस्तै देखिएका छन् । कोहीसँग नचाहिँदो गफ गर्ने फुर्सद उनीहरूसँग छैन । मंसिरदेखि त्यति हतार नभएका कर्मचारीलाई खानासमेत खान फुर्सद नहुने दिनको सुरुवात भएको छ ।
हरेक वर्ष फागुनबाट नै फाट्टफुट्ट बाह्य पर्यटकको आवागमन हुने भएको भए तापनि आन्तरिक पर्यटक भने बाह्रै महिना हुम्लामा आउनेक्रम छ । हवाई मार्गबाट आउनुपर्ने हुँदा महँगो यात्रा गर्नु परे पनि हुम्लामा आउने पर्यटकले भने निन्याउरो अनुहार लिएर फर्कन नपर्ने अवस्था छ । हिउँदमा हिउँले ढाकिएका सेता हिमाल, हिउँसँगको अनुभव लिएर नै फर्कने अवसर पाएका हुन्छन् भने वर्षायाम सुरु भएसँगै सुन्दर प्राकृतिक दृश्य हरेक वस्तु अर्गानिक पाउँदा पर्यटकको मन चंगा हुने गरेको छ । विमानस्थलमा हरेक दिन पर्यटकको एक समूह हुम्ला भित्रिने गरेको छ ।
विमान कम्पनीले पनि बाह्य पर्यटकको हवाई भाडा राम्रो दिने भएको कारण स्थानीयलाई भन्दा बढी प्राथमिकता बाह्य पयर्टकलाई दिने गरेका छन् । आन्तरिक पर्यटक वा यात्रीले नेपालगञ्जबाट ११ हजारभाडा दर भएको भए पनि २२ देखि २३ हजारसम्म बाह्य पर्यटकको दर भएकै कारण पर्यटकले हवाई टिकटमा कुनै बाधा भोग्नु परेको छैन ।
चीनको पवित्र तीर्थस्थल मानसरोवर र कैलाशको दर्शन गर्नका लागि सायद हुम्ला आउने पर्यटकले र जिल्ला बाहिरका कर्मचारीले नछुटाउने ठाउँ हो । त्यहाँ जानको लागि एक मात्र सहज गेट वे हुम्ला रहेको कारण हुम्लामा पर्यटकको भीड हुने गरेको छ । स्थानीय तथा काठमाडौंमा रहेका ट्राभल एजेन्सीले यहाँका स्थानिय होटलसँग सहकार्य गर्दै हरेक वर्ष हुम्लाबाट हजारौंको तीर्थयात्रीको टेक्ने थलोको रूपमा हुम्ला विकास भएको छ । हुम्लामा पुग्नको लागि सुर्खेत र नेपालगञ्जबाट एकमात्र हवाई साधनको उपयोगले सदरमुकाम सिमिकोट पुग्ने व्यवस्था छ ।
सिमिकोटदेखि चीन र नेपालको सीमामा रहेको हिल्सामा हेलिकप्टरको यात्रापछि चीनको बाटोमा गाडीको यात्राबाट मानसरोवर कैलाशको भ्रमण गर्ने अवसर धेरैलाई जुर्ने गरेको छ । केही पर्यटकले हुम्लाका उत्तरी भेगका उचाइमा रहेका हिमालमा जडीबुटी, वन्यजन्तु, प्रकृति नियाल्न र अनुसन्धान गर्नका लागि समेत बिताउने गरेका छन् ।
गएको आर्थिक वर्षमा हुम्लामा भ्रमण गर्ने पर्यटक १३ हजारले भ्रमण गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले जानकारी दिए । हुम्लाका पर्यटकीय गन्तव्य स्थल निर्माण र विकासमा हाल स्थानीय तहले ध्यान दिन नसकेको भए तापनि यसको विकास गरी समृद्ध हुम्ला निर्माणमा लाग्नुपर्नेमा जिल्ला समन्वय समितिका प्रमुख रावतले बताए ।
हुम्लामा पर्यटकले हाल उत्तरी भेगको नाम्खा र सिमिकोट गाउँपालिकालाई बढी रोजाइ रहने गरेको भए तापनि प्रचार–प्रसारको कमीले अन्य स्थानमा पर्यटकलाई भिœयाउन सकिएको छैन । सिमिकोट गाउँपालिका–४ बुराउँसे गाउँमा विकास गरिएको होमस्टेलाई पनि त्यती प्रचार–प्रसार र प्रवद्र्धन गर्न सकिएमा पर्यटकलाई लोभ्याउन सकिने यहाँका जानकारहरूको भनाइ छ ।
उत्तरी हिमालको खोँचमा सयौंको संख्यामा रहेका हिमताल, हिमताल आसपासका क्षेत्रमा रहेका वनस्पती, चराचुरुङ्गी, फुल यहाँको अध्ययन गर्नका लागि भने पर्यटकको राम्रो आकर्षण रहने गरेका छ । यहाँ जंगली चौंरीगाई, कस्तुरी, घोरल र अन्य वन्यजन्तुको अवलोकन प्रत्यक्ष गर्न सकिने भएर पनि हुम्ला पर्यटकको लागि गन्तव्य स्थलको रूपमा विकास हुँदै आएको छ । उत्तरी गाउँ लिमी उपत्यका, विभिन्न चैत्य तथा गुम्बा, हिमताल, सेतै हिमाल, यहाँको संस्कृति चालचलन, मन्दिर, लुकेका वास्तविकता, स्वच्छ हावापानी हुम्लाको पर्यटनका क्षेत्र हुन् ।
हालसम्म हुम्लाकै स्थानीयवासी पर्यटकको गाइड भएर आउनेको संख्या न्यून छ । पर्यटकसँगै समूहमा काम गर्ने कुक, सहयोगी बाहेक जनशक्ति नहुँदा अझ रोजगारीको अवस्था बढ्न सकेको छैन । स्थानय खच्चर व्यवसायीले पनि हरेक क्याप्पका लागि सामान ढुवानी गरेबापत राम्रो आम्दानी गर्ने गरेका छन् ।
-रेशमराज रोकाया

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी