संसदमा विशेष समय लिएर बोल्दै पम्फा भुसालले के भनिन् ?

159 Hits

काठमाडौं, ३१ बैसाख
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात उक्त भ्रमणलाई लिएर सामाजिक सञ्जालदेखि संसदसम्म टिका टिप्पणी र प्रतिक्रिया दिने क्रम जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा भुसालले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणसँग सम्वन्धीत विषयहरुबारे गम्भीर आलोचनात्मक टिप्पणी गरिन् । उनले अरुण ३ सम्झौताबारे संसद्मा माओवादी केन्द्रले संविधान विपरीत भएको जनाउँदै प्रश्न उठाएकी छिन् ।

भुसालले अरुण ३ को सम्झौताबारे संसदमै गम्भीर प्रश्न उठाएपछि यसले भिन्न रुप लिने देखिएको छ ।
सांसद भुसालले प्राकृतिक स्रोतसाधनबारे सन्धि सम्झौता गर्दा प्रतिनिधिसभाको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले काठमाडौंको द्वारिकाज् होटेलमा आयोजित कार्यक्रममा स्विच थिचेर अरुण(३ जलविद्युत आयोजनाको शिलान्यास गरेका थिए ।
त्यसैगरी भ्मणले नेपाल र भारतबीचमा रहेका जल्दाबल्दा समस्याको निवारण नभएको उनको भनाइ थियो ।

सांसद भुसालले सिमाना, बाढी डुबानका समस्या, विराटनगरमा रहेको भारतीय दूतावासको फिल्ड कार्यालय हटाउनेलगायतका समस्या समाधानमा मोदी भ्रमणका क्रममा सरकारले ध्यान नदिएकोभन्दै प्रधानमन्त्री र सरकारको आलोचना गरेकी थिइन् ।
उनले मोदीको भ्रमणका बेला भारतीइ सेनालाई जुन ढंगले प्रस्तुत र पदर्शन गर्ने कार्य भयो त्यसले स्वाभिमानमा आँच आएको बताएकी थिइन् ।

मोदी भ्रमणमा भएका प्रगतिबारे प्रधानमन्त्री ओलीले आइतबार संघीय संसद्लाई जानकारी गराएका थिए । बैठकमा अहिले सोही विषयमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

Loading...

Related News

पम्फा जस्तै चलायमान महिला नेता को होला ?

ललितपुर, १७ कात्तिक । महिला र पुरुषमा के फरक छ भन्दा पुरुष वढि चलायमान र फुर्तिला भन्ने जवाफ आउने गर्दछ…

पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त, काे हाेला अब ?

काठमाडौं, २४ असार सरकारले गत भदाै १४ गते पछी गरिएका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी