“मोदीको नेपाल भ्रमणमा भएको सुरक्षाका विषयमा सरकार किन चुप?”-पम्फा भुसाल

145 Hits

काठमाण्डौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा भएको सुरक्षा लगायतका विषयमा सरकार चुप लागेकोप्रति माओवादी केन्द्रले संसदमा असन्तुष्टि जनाएको छ । संसदमा बिषेश संबोधन गर्दै माओवादी प्रवक्तासमेत रहेकी सांसद पम्फा भुसालले त्यस्तो असन्तुष्टि ब्यक्त गरेकी हुन् ।

मोदीको नेपाल भ्रमणका बेला भारतीय कमान्डो ल्याइएको र त्यसले नेपालको सुरक्षाप्रति प्रश्न उठाएको बताएकी छन् । उनले संसदमा मोदीको भ्रमणका बेलाको सुरक्षा व्यवस्थाले समाजमा प्रश्न उठेको र त्यसले आफूलाई पनि छोएको बताइन् ।

उनले नेपालमा विगतमा चीन र भारतका प्रधानमन्त्री तथा राष्ट्रपति आएको र नेपालले सुरक्षा दिएको बताइन् । उनले नेपाल सुरक्षा दिन सक्षम भए पनि त्यसको पालना नभएको बताइन् । भुसालले भनिन्, ‘तीन सयभन्दा बढी भारतीय सुरक्षा कमान्डो ल्याउने र पहिलो घेरामा उनीहरू रहनेले हाम्रो सेनाको सुरक्षा क्षमतामा प्रश्न उठको छ । हाम्रो मन्त्री नै जान नपाउने गरी भारतीय कमान्डोले जनकपुर र मुक्तिनाथमा व्यवहार भएको थियो ।’

उनले भारतीय प्रधानमन्त्रीले सयौं कमान्डो ल्याएकोमा सामाजिक सञ्जालमा कडा प्रश्न उठेको बताइन् । उनले प्रश्न गरिन्, ‘नेपालमा आउने पाहुनालाई सुरक्षा दिन सक्दैनौँ भने किन बोलाउने ?’ उनले आफूलाई नेपाली सुरक्षा निकायले नेपालमा जसलाई पनि सुरक्षा दिने क्षमता रहेको बताइन् । भुसालले नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीको भ्रमण तालिका भारतबाट तय भएकोप्रति पनि असन्तुष्टि जनाइन् ।

उनले भारतीय मिडियाले मिति तय गर्ने र त्यहीँ अनुसार हुने भएकाले नेपालको परराष्ट्र मन्त्रालय निरीह भएको बताइन् । भुसालले मोदीको नेपाल भ्रमणका बेला मोदीको पार्टी भाजपाका पूर्वसांसद कृति आजादले जनकपुरलाई टुक्र्याएर भारतको राज्य बनाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे सरकारले खण्डन गर्नुपर्ने माग गरिन् । प्रवक्ता भुसालले देशले एउटै परराष्ट्र नीति लिनुपर्ने बताइन् । त्यसका लागि सरकारले पहल गर्न माग गरिन् । भुसालले मोदीको नेपाल भ्रमणका बेला वास्तविक समस्या नाकाबन्दी, भारतीय सेनाले गरेको सीमा मिचाइ, बाढीका बारण नेपालको भूमि बगाउने, विराटनगरमा रहेको भारतीय कार्यालय र अरूण तेस्रोको शिलान्यास तथा त्यसलाई संसदबाट पास गर्नेबारे काम नभएको बताइन् ।

प्रधानमन्त्री ओलीले समकक्षी मोदीको नेपाल भ्रमण बारे आइतबार संघीय संसदलाई जानकारी गराएका थिए । सांसद भुसालले प्राकृतिक स्रोत साधनबारे सन्धि सम्झौता गर्दा प्रतिनिधि सभाको दुईतिहाई बहुमतले पारित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराइन् । प्रतिनिधि सभाको बैठकमा उनले नेपाल भारतबीचमा रहेका जल्दाबल्दा समस्याको निवारण नभएको बताइन् ।

सांसद भुसालले सिमाना, बाढी डुबानका समस्या, विराटनगरमा रहेको भारतीय महावाणिज्यदूतको कार्यालय हटाउने लगायतका समस्या मोदी भ्रमणका क्रममा नेपाल सरकारले समाधान गर्नेतर्फ ध्यान नदिएको बताइन् । उक्त समस्याको तत्काल हल खोज्न पनि सांसद भुसालले सरकारसँग माग गरिन् । मोदी भ्रमणमा भएका प्रगतिबारे ओलीले आइतबार संघीय संसदलाई जानकारी गराएका थिए । सोही विषयमा सांसदहरूले आआफ्नो धारणा राखिरहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी