मध्यरातमा मन्थली बजार डुवानमा, बाढीले ७ जना बिद्यार्थी बगायो

120 Hits

रामेछाप । आइतबार रातिको मुसलधारे वर्षाले रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा आएको बाढीका कारण ७ जना विद्यार्थीलाई बाढीले बगाएको छ । बाढीले बगाएका मध्ये ६ जनाको उद्दार गरिएको छ भने एक जना अझै बेपत्ता छन् ।

एघार कक्षाको परीक्षा दिन आएका मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोबिद्याथीहरु परीक्षा दिन नसकेर फर्केको बताइएको छ । बाढीका कारण बजार डुवानमा परेको छ भने घरहरूमा पनि क्षति पुगेको छ । कतिपय स्थानमा घर सम्म जाने सडक क्षतिग्रस्त भएका छन् भने गडुवारी क्षेत्र डुबानमा परेको छ । मन्थली बजार, बसपार्क, ट्राफिक चोक, खाँदबारी, आकाशे र गडुवारी क्षेत्रका घरमा बाढीले असर पुगेको छ ।

बसपार्क आसपासका सडकमा पार्किङ्गका लागि राखिएका दुइ दर्जन बढी सवारी साधन बाढी सगैं आएको लेदो र गेगरले पुरिएका छन् । बाढी सगैं आएको गेगरले वस्ती पुरिन थालेपछि राति नै सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्दार थालेका थिए । अवरुद्ध सडक खुलाउनका लागि राति नै जेसिबी लगाएर थोरै भागमा यातायात खुलाइएको छ । तर सहज आवागमन भएको छैन । सडक छेउमा पुरिएका सवारी साधन अलपत्र छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी