के भयो पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद बैंठकमा ?

202 Hits

काठमाडौं, ३० बैसाख
काठमाण्डौंरराष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद बैंठक सम्पन्न भएको छ ।
शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा भएको बैंठकमा बिद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदामाथि बृहत छलफल भएको थियो ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदका सदस्यहरुको सहभागिता रहेको बैंठकले परिषदका सदस्यहरुबाट प्राप्त सुझावलाई समेटेर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदालाई थप परिस्कृत गरी सम्बन्धित सबैं सरोकारवालाको राय सुझावको लागि सार्वजनिक गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैंठकलाई सम्बोधन गर्नुहुँदैं शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपालको संविधानको मर्म, संघीय शासन व्यवस्था अनुसार पाठ्यक्रमको विकास र परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो । प्रारुप विद्यालय शिक्षाको प्रमुख नीति निर्देशक दस्तावेज भएकोले विभिन्न क्षेत्रका विज्ञ एवं सम्बद्ध पक्षको व्यापक सहभागितागरी सबैंबाट प्राप्त सुझाव समेतका आधारमा स्वीकृतिको प्रक्रियामा लैंजानुपर्नेमा मन्त्री पोखरेलले जोड दिनुभयो ।
गुणस्तरीय शिक्षामा सम्झौंता गर्न नसकिने बताउँदैं पोखरेलले शैंक्षिक गुणस्तर वृद्धीका लागी पाठ्यक्र महत्वपुर्ण बिषय भएको बताउनुभएको । अबको शिक्षा बिज्ञानमैत्री हुनुपर्छ मन्त्री पोखरेलले भन्नुभयो ः पाठ्यक्रम प्रारुपमा यस्ता बिषयपनि समेट्नु आवश्यक छ ।
सवैंधानिक व्यवस्था र मुलुको संघीय संरचनाअनुसार बिद्यालयस्तरिय पाठ्यक्रम सम्बद्ध गतिविधीलाई व्यवस्थित गर्न राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७५ ल्याईएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जानकारी दिनुभयो ।
बिद्यालय शिक्षाको यस अघिको राष्ट्रिय पाठ्यक्रम प्रारुप भन्दा अहिले छलफलमा ल्याइएको प्रारुपको मस्यौंदामा बालबालिकाको सिकाईलाई खण्डिकृत हुन नदिई अन्तरसम्बन्धित बनाउन र सिकाईलाई जिवन पद्धति संग आवद्ध गर्न कक्षा १ देखी कक्षा ३ सम्म बिषय क्षेत्र ९थिम० मा आधारित एकिकृत पाठ्यक्रम विकास गर्ने उल्लेख गरिएको छ भने संघिय संरचनामा संघ, प्रदेश र स्थानिय सरकारको पाठ्यक्रम सम्बद्ध भूमिकालाई परिभाषित गरिएको छ ।
त्यस्तैं पाठ्यक्रम प्रारुपमा माध्यमिक तह कक्षा ९ देखि कक्षा १२ सम्मका लागि एकल पथीय ढाँचाको पाठ्यक्रम विकास गरिएको छ भने माध्यमिक तहको साधारण शिक्षामा समेत रोजगार एवं स्वरोजगारमूलक प्राविधिक÷व्यवसायिक बिषयलाई पाठ्यक्रम ढाँचामा समाबेश गरिएको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७५ मा समेटिएका रुपान्तरणका प्रमुख बिषयहरु छलफलका लागि सार्वजनिक गर्ने निर्णय भएको बताउँदैं निर्देशक काप्रीले प्रारुपमा अन्तराष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताको आधारमा पाठ्यक्रम संरचनामा पाठ्य घण्टा ९क्रेडिट आवर० मा आधारित प्रमुख सिकाई क्षेत्रको व्यवस्थापन गरिएको बताउनुभयो ।
त्यस्तैं माध्यमिक तह कक्षा ११ र १२ को पाठ्यक्रममा लघु अध्ययन÷अनुसन्धान, व्यवहारिक अभ्यास जस्ता क्रियाकलापलाई पनि नयाँ प्रारुपमा समेटेर पाठ्यक्रम अनुसन्धानमूलक बनाईएको दावी गरिएको छ ।

Loading...

Related News

Over 22 million Pakistani children are out of school

Pakistan, 15 NOv More than 22 million children are still out of school in  Pakistan  A new report by Human…

शिक्षक नेताले दिए शिक्षा मन्त्रीलाई यस्ता सुझाव

काठमाडौं, २८ कात्तिक । शिक्षकहरुको माग पुरा गराउन सरकारले विभिन्न पहल र अभियानहरु सञ्चालन गरिरहेको छ । शिक्षकहरुले पनि विभिन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी