मुहार फेर्दै बीर अस्पताल, धुर्मुससंगै राज्यमन्त्रीले सफा गरिन् अस्पतालको ट्वाइलेट

214 Hits

काठमाडौं । मुलुककै जेठो अस्पताल मानिने वीर अस्पतालमा सरसफाइ अभियान सुरु भएको छ । सफाइ अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा आइतबारदेखि बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो ।

खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । सफाइ अभियानको शुभारम्भ गर्दै शर्मा र धुर्मुससँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको ट्वाइलेट सफा गरिन् । स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाइ गर्ने उद्देश्यले वीरबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यो अभियानसँगै अस्पतालको बाहिरी सफाइ सुरु भएको छ । भित्री सफाइ पनि क्रमशः गर्दै लैजान्छौं,’ राज्यमन्त्री पद्मा अर्यालले भनिन् ।

 

अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम पनि दिनेछन् । अस्पतालको सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत छन् । सफाइ अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन ट्रमा सेन्टरमा चल्नेछ ।

स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाइ गर्ने उद्देश्यले वीरबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यो अभियानसँगै अस्पतालको बाहिरी सफाइ सुरु भएको छ । भित्री सफाइ पनि क्रमशः गर्दै लैजान्छौं,’ राज्यमन्त्री पद्मा अर्यालले भनिन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नभएको बताएका छन् ।

महावौद्ध, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा मानिसहरु शौच गर्नकै लागि पनि वीर अस्ताल धाउने गरेको उनको तर्क छ । उपकुलपति डा। गुरुङ्गले भने, ‘हामीले कोशिश नगरेका हैनौं । तर यो अस्पताल सर्वसाधारणका लागि ओपन ट्वाइलेट झै थियो । जसका कारण चाहेर पनि सोच अनुसारको नतिजा निकाल्न सकेका थिएनौं ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी