ट्रम्प र किमबीच जुन १२ मा शिखर बैठक, अमेरिकाले उत्तर कोरियालाई सघाउने

164 Hits

वासिङटन, २९ बैशाख ।

आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले यस कार्यमा दक्षिण कोरियाले पनि सघाउने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

हालै उत्तर कोरियाको भ्रमण गरेर फर्किनुभएका विदेशमन्त्री माइकले उत्तर कोरियाको भ्रमणका क्रममा त्यहाँका नेता किम जोङ उनसँग सौहार्दपूर्ण वार्ता भएको बताउनुभएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच अगामी जुन १२ मा सिंगापुरमा शिखर बैठक हुने तय भएको छ । यसअघि उत्तर र दक्षिण कोरियाबीच गत अप्रिलमा भएका महत्वपूर्ण वार्ताहरूपछि ट्रम्प र किमले शिखर बैठकबारे घोषणा गर्नु भएको थियो । यसअघि एकअर्कामाथि कडा आरोप प्रत्यारोप गर्ने गरेका दुई देशबीचको भेटवार्ता हुनलागेको हो ।

“यदि किमले सही बाटो रोज्नुभयो भने उत्तर कोरियाली जनताका लागि शान्ति र समृद्धिले भरिएको भविष्य हुनेछ,” वासिङटनमा दक्षिण कोरियाली समकक्षीसँगको भेटवार्तापछि माइकले भन्नुभएको थियो । माइकले उत्तर कोरियालाई छिट्टै निशस्त्रीकरणका लागि सशक्त कदम चाल्नसमेत आग्रह गर्नुभएको थियो । अमेरिकी विदेशमन्त्री माइक अकस्मात गत बुधबार उत्तर कोरिया पुग्नुभएको बेला उत्तर कोरियाको थुनामा रहेका भनिएका तीन जना अमेरिकी नागरिक बुधबार रिहा गरेका थिए ।

अमेरिकी विदेशमन्त्रीका रूपमा उत्तर कोरियाको एक दुर्लभ भ्रमणका क्रममा उहाँ बुधबार त्यहाँ पुग्नुभएकोे थियो । उत्तर कोरिया र अमेरिकाले नै दुवैतर्फका नागरिकलाई दुवै देशको भ्रमणमा रोक लगाउने गरेका छन् । तर पनि बर्सेनि ठूलो संख्याका अमेरिकी नागरिकले उत्तर कोरियाको भ्रमण गर्ने गरेका छन् ।

ती अमेरिकीलाई उत्तर कोरियाली सरकारले जासुसको आरोप लगाएर नियन्त्रणमा लिने गरेको छ । उनीहरूलाई देश निकाला नगरी उसले जेलमै राख्ने गरेको छ ।

Loading...

Related News

ट्रम्प र किमबीच अर्को साता शिखर वार्ता, सुरक्षामा गोर्खा खटिने

काठमाडौं, २३ जेठ । अन्ततः अमेरिकी राष्टपति र उत्तर कोरियाका नेता किम बीच आगामी साता वार्ता हुने निश्चित भएको छ…

नहुने भयाे अमेरिका उत्तर काेरीया वार्ता, ट्रम्पले लेखे किमलाइ यस्ताे पत्र

काठमाडाै‌ ११ जेठ । अमेरिकाकाे हस्तक्षेपका कारण उत्तर काेरीया र अमेरिकाकाे निर्धारित वार्ता नहुने भएकाे छ ।  अमेरिकाले दक्षीण काेरियासँग…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी