फर्किए नरेन्द्र मोदी, भ्रमण सफल र ऐतिहासिक : सरकार

73 Hits

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी शनिबार मोदी भारत फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदाइ गरेका थिए । काठमाडाैं महानगरपालिकाको अभिनन्दनलगत्तै मोदी फर्किएका हुन् । उनी शुक्रबार नपाल आएका थिए ।

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताएको छ ।

दुईदिने राजकिय भ्रमण सकेर सनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किए लगत्तै अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रमण धेरै दृष्टिले ऐतिहासिक र सम्झनलायक रहेको बताए ।
उनले भने, ‘नेपाल भारतबीचमा रहँदै आएको सम्वन्ध यो भ्रमणपछि अझ सुदृढ बन्ने नेपाल सरकारको विश्वास छ ।’

Related News

आशंका कायमै, मोदी भ्रमणले बाम एकता झन टाढा की नजीक ?

मूलखबर विश्लेषण काठमाडौं, २७ बैसाख । नेपालको राजनीतिमा छिमेकी प्रभाव पछिल्लो परिघटना होइन । सुगौली सन्धी र त्यस अघिका कतिपय…

माेदीकाे भ्रमण स्वीकृत, अरू के गर्याे मन्त्रीपरिषद्ले निर्णय ?

काठमाडौं, २५ वैशाख । मन्त्रिपरिषद्को बैठकले वैशाख २८ देखि २९ सम्म हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रमलाई स्वीकृति प्रदान…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*