एनआएनए बेल्जीयमले भेटायो सुमनलाई परिवारसँग, अबको उपचार ग्राण्डी अस्पतालमा

717 Hits

काठमाडौं, २९ बैसाख
बेल्जीयममा पुगेर विरामी परेका कास्कीका सुमन देवकोटाले नेपालमा आफ्नो परिवारसँग भेटन पाएका छन् । एनआएनए बेल्जीयमले उनलार्य बेल्जीयममा उपचारपश्चात नेपालमा परिवारलाई भेटाउने वातावरण बनाएको हो ।
एनआएनएका अध्यक्ष लोकप्रसाद दाहालको नेतृत्वमा सुमन देवकोटाको उपचार वेल्जीयममा गराएर केही स्वास्थ्य लाभ पश्चात नेपालमा परिवारलाई हस्तान्तरण गरिएको हो ।
सुमनलाई अध्यक्ष दाहालले आफैं वेल्जीयमदेखि नेपाल ल्याएर परिवारसँग भेट गराई ग्राण्डी अस्पतालमा उपचारको व्यवस्था मिलाएका हुन् । बेल्जीयमका अस्पतालका डाक्टरको सल्लाह अनुसार सुमनलाई लागेको रोग परिवारसंग मिलन भएपछि मात्र ठीक हुने बताए पछि एनआरएए बेल्जियमले सुमन परिवारसंग मिलन गराउँनका लागि रकम संकलनको अभियान थालेको थियो ।

गैर आवासीय संघ बेल्जियमका अध्यक्ष लोक दाहाल तथा उनकी धर्मपत्नी सीता दाहाल तथा डाक्टर लुक सहित आएको टोलीले गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सुमन देवकोटालाई उनकी आमाको जिम्मा लगाएको हो । उक्त कार्यक्रममा देवकोटाको परिवारलाई बाँकी रकम समेत हस्तान्तरण गरिएको छ ।


संघका अध्यक्ष दाहालले उनलाई उपचारका लागि उठेको सहयोग रकम एनआरएनए केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारीको हातबाट सुमनकी आमालाई हस्तान्तरण गराएका हुन् ।
बेल्जियमबाट शनिवार आएका दाहालले सुमनलाई मेडिकल जाँचका लागि काठमाडौं स्थित ग्रान्डी अस्पताल पुर्याएर थप स्वास्थ्य चेकजाँच गराएका थिए ।


ग्रान्डीका डा अनुराग मिश्रले सुमनलाई अबको उपचार सेवा दिनेछन् । डा. मिश्रको सल्लाह अनुसार देवकोटालाई उनले नै हेर्ने गरी ३ महिनाको लागि बेल्जियमबाट ल्याइएको औषधी निरन्तर खाने गरी परिवारलाई जिम्मा लगाएको अध्यक्ष दाहालले बताएका छन् ।
दाहालका अनुसार देवकोटाको उपचारको लागि संकलन भएको रकम ४ हजार तीन सय ४३ यूरोमध्ये सुमनको टिकट खर्च ६७०, डा.लुकको टिकट ७७५ खर्च कटाई बाँकी रहेको २ हजार ८ सय ७५ रुपैयाँ सुमनको आमालाई हस्तानतरण गरिएको छ ।

सुमनको उपचारका लागि केही रकम प्रतिबद्धता आएपनि रकम प्राप्त नभएको रकम जम्मा भएपछि उनको बैक खातामा जम्मा गर्ने पनि दाहालले बताए ।

सामाजिक अभियन्ता र व्यवसायी दाहाल आफ्नै खर्चमा श्रीमतीसहित सुमन देवकोटालाई लिएर आएका हुन् ।

दाहालले सुमनको उपचारका लागि उठेको रकम यस प्रकार रहेको सार्वजनीक गरेका छन् ।
१। कास्की समाज बेल्जियम ६३१
२। गेन्ट वाट संकलन ६४२
३। लुभेन बाट संकलन ८३६
४। ब्रसेल्स रिता श्रेष्ठ बाट ४०५
५। तमु समाज बाट ५०५
६। देवराज पौडेल आन्तोरपीन ४००
७। तमु धि बाट २०५
८। लोक दाहाल संग संकलन ६१९
९। हुम नाथ पान्डे ब्रसेल्स १७७
जम्मा संकलन ४३८१ युरो

Loading...

Related News

एनअारएनए बेल्जियम अध्यक्ष दाहाललाई पाेर्चुगलमा सम्मान

मुलखबर सम्बादाता, पाेर्चुगल, १६ असाेज । एनआरएनए बेल्जियमका अध्यक्ष लोकप्रसाद दाहाललाई पोर्तुगलमा सम्मान गरिएको छ । अध्यक्ष दाहालले एनआरएनएलाई वास्तवमै…

अागामी सेप्टेम्बर १६ मा एनअारएनए बेल्जियमकाे साधारणसभा हुँदै , यस्तो छ तयारी

बेल्जियम, २२ भदौ । गैर आवासीय नेपाली संघ बेल्जियमको वार्षिक साधारण सभा अागामी सेप्टेम्बर १६ मा हुने निश्चित भएकाे छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी