मोदी काठमाडौँमा, ओली र मोदीबीच वान टू वान वार्ता, के भयो वार्तामा ?

107 Hits

काठमाडौँ, २८  वैशाख ।

नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान (एक्लाएक्लै) वार्ता  भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता भएको हो ।

काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुग्नुभएको हो ।

सार्वजनिक र निजी सवारीसाधनलार्इ निम्न सडकहरूमा पूर्णरूपमा राेक लगाइएकाे छ ।

एकः  ५ बजे पछि  गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलसम्मकाे सडक

दुर्इः५ः४५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन लैनचाैर जाने कार्यक्रमले जमल,केशरमहल लैनचाैर ।

तीनः६ः०० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवास, लैनचाैरबाट पानी पाेखरी

चारः ७ः०० बजे महाराजगञ्ज, चावहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने  कार्यक्रम रहेकाले उक्त सडक पूरै खाली गरार्इने छ ।

(रासस)

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*