आजै दिउँसो १ः३० बजे मोदी काठमाडौँ आइपुग्ने, राजधानीमा २० मिनेट सवारी साधन रोकिने

67 Hits

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा काठमाडौंका केही सडकमा सवारीको क्रममा २० मिनेटसम्म सर्वसाधारणका सवारी रोकिने भएको छ । नेपालको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार बिहान जनकपुर हुँदै दिउँसो १ः३० बजे काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदीको सवारी हुने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिए । उनले भने, ‘मोदीको सवारी हुने बाटोमा १० मिनेट सवारी रोकिनेछ, कमभन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ ।’ एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन । दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएलगत्तै मोदी बौद्धस्थित ह्यात होटल जानेछन् ।

दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एयरपोर्ट, नयाँ बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन् । त्यसपछि ४ः३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपतिलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन् । बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन् ।

शनिबार मुक्तिनाथ जान लाग्नुभएका भारतीय प्रधानमन्त्री मोदी बिहान ६ बजे ह्यात होटलबाट विमानस्थल जाँदा चाबहिल, गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ । शनिबार दिउँसो नागरिक अभिनन्दनमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा ह्यात होटलबाट चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा नयाँबानेश्वर तीनकुने, सिनामंगल हुँदै विमानस्थलसम्मको सवारी आगमन हुने महाशाखाले जनाएको छ

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी