प्रधानमन्त्री ओलीले गरे मोदीलाई जानकी मन्दिरमा स्वागत

73 Hits

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका छन् । मोदी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुँदै विशेष विमानबाट जनकपुर आइपुगेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन् भने ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उनको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जानकी मन्दिरमा स्वागत गरेका छन् । मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली कुर्ता, पाइजामा र ढाका टोपी लगाएर शुक्रबार बिहानै जनकपुर पुगेका थिए । मोदी एयर इन्डियाको क्षेत्रीय जहाज चढेर जनकपुर विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट गाडी चढेर मोदी जानकी मन्दिरमा आएका छन् । मोदीले त्यहाँ पूजा गरेका छन् ।

जानकी मन्दिरमा पूजा गरिसकेपछि ओली र मोदीले जनकपुर-अयोध्या सीधा बस सेवाको शुभारम्भ गर्नेछन् । त्यसपछि मोदीलाई बाह्रबिघा मैदानमा जनकपुर उपमहानगरले अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुर आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् ।

Related News

Comments are closed