भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अवधीभर सुरक्षा ब्यवस्था कडा

99 Hits

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका लागि जनपुर, काठमाडौँ र मुस्ताङको सुरक्षा ब्यवस्था कडा पारिएको छ । गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्थापनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरी राज्यका चारवटै सुरक्षा अङ्ग परिचालन गरिएको जानकारी दिएको छ ।

नेपाली सेनाको नेतृत्वमा नेपालप्रहरी, सशस्त्रप्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा समितिसमेत गठन गरिएको छ । प्रधानमन्त्रीमोदीको नेपाल भ्रमण आज जनकपुरबाट आरम्भ हुनेछ । प्रधानमन्त्री मोदी दिउँसो करिब १ बजे जनकपुरबाट काठमाडौँ आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको सवारी व्यवस्थापनका लागि छिटोछरितो सवारी मार्ग अपनाइएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सर्वसाधारणलाई असर नपर्ने गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको बताए । दुईदिने भ्रमणका क्रममा २८ गते दिउँसो साढे १ बजेदेखि काठमाडौँको मुख्य सडकमार्गमा सर्वसाधारणको आवतजावत तथा सवारी सञ्चालनमा गाह्रो हुने देखिएको छ । वैशाख २९ गते बौद्धदेखि विमानस्थलसम्मको सडक अवरुद्ध हुनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी