भारत नेपालको असल छिमेकीदेश बन्न सक्ला त? मोदीले गरे नेपाल बारे यस्तो खुलासा

101 Hits

काठमाडौँ । नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका बारेमा खुलासा गरेका छन् । नेपालको भ्रमणमा आउनुअघि भारतको कर्नाटक राज्यबाट ट्वीट गर्दै मोदीले नेपाल नयाँ युगमा प्रवेश गरेको र भारत असल साझेदार भएको बताएका छन् ।

कर्नाटक राज्यको विधान सभा चुनाव प्रचारका क्रममा रहेका मोदीले प्रधानमन्त्रीका रुपमा आफू तेस्रो पटक नेपाल जान लागेको जनाउँदै यसले नेपालप्रति भारतको उच्च प्राथमिकता दर्शाएको पनि बताएका छन् । उनले भनेका छन्, “म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमण्त्रणामा ११(१२ मई २१०८ मा नेपाल जाँदैछु, यो प्रधानमन्त्रीकारुपमा नेपालको तेस्रो यात्रा हुनेछ । यसले नेपालप्रति भारतको उच्च प्राथमिकतालाई दर्शाउँछ । व्यक्तिगत रूपमा म नेपालका साथ आफ्नो पुरानो, निकट र मैत्रीपूर्ण सम्बन्धले जोडिएको छु” ।

मोदीले २ वर्षयता नेपालले तीब्र आर्थिक वृद्धि गर्न सफल भएको पनि जिकिर गरेका छन् । नेपालले लोकतन्त्रबाट बढी भन्दा बढी लाभ लिँदै तीब्र गतिमा आर्थिक वृद्धि र विकासलाई हाँसिल गर्दै एक नयाँ युगमा प्रवेश गरेको छ। भारत समृद्ध नेपाल, सुखी नेपालीु को दृष्टिकोणलाई व्यवहारमा उतार्न नेपाल सरकारको एक मजबुद साझेदार बनिरहनेछ । मोदीले आफू नेपाल जानुअघि नेपालका प्रधानमन्त्रीबाट भएको भारत भ्रमणको पनि स्मरण गरेका छन् । “मेरो यात्रा अघिल्लो महिना भारतमा प्रधानमन्त्री ओलीको राजकीय भ्रमणका क्रममा भएको निम्तोलाई पालना गर्नु पनि हुनेछ । यो उच्चस्तरीय र नियमित वार्ता, सबका साथ, सबका विकासको आदर्श वाक्य अनुरूप छिमेकी पहिलो नीतिप्रति मेरो सरकारको प्रतिबद्धतालाई पनि दर्शाउँछ” ।

मोदीले नेपाल आउनुअघि दुई देशबीच पछिल्ला केही वर्षमा द्विपक्षीय कनेक्टिभिटी र विकास परियोजना पनि स्मरण गरेका छन् । “केही वर्षयता दुई देश मिलेर विकास परियोजना सम्पन्न गरेका छौँ” उनले भनेका छन्, “हाम्रा दुई नागरिकका लागि परिवर्तनकारी पहलको सुरुवात पनि गरेका छौँ “। प्रधानमन्त्री ओली र आफूबीच हालै मात्र दिललीमा व्यापक चर्चा भएको पनि मोदीले जिकिर गरेका छन् । “हामी दुईले दिल्लीमा पारस्परिक हितका मुद्दामा नयाँ दिल्लीमा व्यापक चर्चा गर्यौँ, यो पटक पनि हामीलाई त्यो अवसर मिल्नेछ । र, विभिन्न क्षेत्रमा हाम्रो सहकारी साझेदारीलाई पनि अघि बढाउने यो एउटा अवसर हुनेछ ।”

मोदीले आफू काठमाडौँका अलावा जनकपुर र मुक्तिनाथ जानका लागि प्रतिक्षामा रहेको पनि बताएका छन् । “जनकपुर र मुक्तिनाथले हरेक वर्ष ठुलो संख्यामा तीर्थयात्रीलाई आकर्षित गरेका छन‍् । यी दुई धामले भारत र नेपालका जनताबीच प्राचीन र मजबुद सांस्कृतिक र धार्मिक सम्बन्धको उदाहरण पनि प्रस्तुत गरेका छन ।” मोदीले काठमाडौँमा नेपाली नेताहरुसँग पनि भेटवार्ता गर्ने जानकारी दिएका छन् । “म नेपालमा राजनीतिक नेता र साथीहरुसँग भेट्ने विश्वासमा छु । मेरो यात्रा पारस्परिक लाभ, सद्भावना र समझको आधारमा नेपालसँग हाम्रा जनता केन्द्रित साझेदारीलाई अझै अघि बढाउने विश्वास लिएको छु ।”

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी