शुक्रबार नेपाल आउन लागेका मोदीको स्वागतका लागि तयारी अन्तिम चरणमा

113 Hits

काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार नेपाल आउन लागेका मोदीको स्वागतका लागि ठाउँ–ठाउँमा स्वागत गेट, नेपाल र भारतको झण्डा राखेर सडक सजाउने काम भैरहेको छ ।

साथै उनी बस्ने होटल नजिकैको सडक पनि पिच गर्ने काम धमाधम भैरहेको छ । मोदीको नेपाल भ्रमणलाई लिएर दिउँसै सडक बढार्नेदेखि पिच गर्न भ्याइ नभ्याई छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल आउन लागेका मोदीलाई शुक्रबार टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिने छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग छुट्टा–छुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन ।

साथै दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्नेछन । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन । साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी