आशंका कायमै, मोदी भ्रमणले बाम एकता झन टाढा की नजीक ?

463 Hits

मूलखबर विश्लेषण

काठमाडौं, २७ बैसाख ।
नेपालको राजनीतिमा छिमेकी प्रभाव पछिल्लो परिघटना होइन । सुगौली सन्धी र त्यस अघिका कतिपय राणा राजाहरुका भ्रमण र मित्रता आदानप्रदानमा राजनीतिक स्वार्थ नै प्रधान हुने गर्दथ्यो । पछिल्लो अवधिमा नेपालमा राणा सासनको अन्त्य र पञ्चायती व्यवस्थाको अन्त्य हुँदै राजतन्त्रसम्म कुनै न कुनै परिणाम र सन्दर्भमा वा बाहनामा भएको सहयोगबावापत दक्षीणी छिमेकीबाट नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव वढाउँदै आएको पाइन्छ ।

झन पछि झन भारतीय प्रभावलाई राजनीतिमा उपयोग गरेर आफू शक्तिमा रहीरहने रणनीति नेपालका राजनीतिक नेताहरुमा देखिंदै आएको छ ।
अहिले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमणले विशेष चर्चा र महत्व पाएको छ । धार्मिक भ्रमण भनिएतापनि मोदीको भ्रमणललाई लिएर नेपालको सरकारले गरेको सुरक्षा तयारी, भारतीय सेनाले नेपालमै दुई दिनअघि देखि आएको दिएको सुरक्षा गस्ती, सार्वजनीक विदा र सडक र चोक सफाई जस्ता गतिविधिले मोदीको भ्रमण विशुद्ध धार्मिक भन्दा नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव छोड्न गरिएको माध्यम बन्दै गएको आभाष भएको छ ।
मोदीको भ्रमणले नेपालको समग्र राजनीतिमा त प्रभाव पारेको र पार्ने नै छ त्यभन्दा वढि हुनै लागेको नेकपा एमाले र माओवादीको एकतामा समेत प्रभाव पारेको बुझीन्छ ।

नेपालमा माओवादीको समर्थनमा प्रधानमन्त्री बनेका र एकताको लागि मुख्य नेता एमाले अध्यक्ष के पी ओली आफ्नो भारत भ्रमण पुर्व नै एकता गर्ने हल्ला गर्दै हिँडेका भएता पनि सहमति भएको सात महिनासम्म एकताको प्रक्रियामा प्रवेश गर्न सकेका छैनन् ।
पटक पटक माओवादीलाई होच्याउने र हियाउने अभियान संचालन गरेका प्रधानमन्त्री ओलीले माओवादीलाई थकाउने र गलाएरै एकता गर्ने रणनीति अख्तियार गरेपछि माओवादी र एमालेबीचको एकता अल्मलिएको बुझिन्छ ।
राष्टिय सभागृहमा भएको माक्र्स जयन्तीको संयुक्त कार्यक्रममा व्यानर लफडादेखि ओलीले केही दिन अघि गरेको राजनीतिक ट्वीट आदी एकताको पक्षमा भन्दा एकता भाँड्ने वातावरण बनाउन उद्धत देखिएका छन् ।

सरकार संचालन गर्दा एकलौटी गर्ने, भारत भ्रमणको विषयमा छलफलै नगरी सदनमार्फत सार्वजनीक जानकारी गराउने, सचिव सरुवामा मनपर्दी गर्ने र मोदीको भ्रमणलाई अत्यन्त महत्व दिने आदि कार्य माओवादीसँगको छलफलभन्दा वाहिरबाट भइरहेको देखिन्छ ।
अहिले मोदीको भ्रमणलाई धार्मीक भन्दै अरुण तेश्रो को सिल्यान्यास, संखुवासभादेखि मुक्तिनाथसम्म भारतीय सेनाको प्रत्यक्ष परेड, तराईमा मोदीमय बनाउने आदि कार्य माओवादीलाई एकताबाट टाढा धकेल्न गरिएका प्रपञ्चहरु नै हुन् भनेर विश्लेषण गर्न सकिन्छ । किनकी माओवादी त्यो चाहन्न जुन ओलीले गरिरहेका छन् ।

मोदीको भ्रमणका लागि गरिएका गतिविधि र मोदीले गर्ने व्यवहारले एमाले माओवादी एकतामा नकारात्मक असर पर्ने देखिएको छ ।
त्यसो त एमाले माओवादी बीच एकताको सहमति भएपछि भारतीय विदशे मन्त्री सुस्मा स्वारजको नेपाल भ्रमण, सोल्टी होटलमा भएको एक घण्टा लामो भेट र ओलीको थाइल्याण्ड यात्रामा भएको रअसँगको गम्भीर भेटवार्ता आदिले ओलीप्रति आशंका गर्ने प्रशस्त ठाउँहरु बनेका थिए जुन विस्तारै पुष्टि हुँदै गइरहेका छन् ।

मोदीको भ्रमणलाई ओलीले आफ्नो वार्गेनिंगको व्याक फोर्स बनाउने र उस्तै परे एकता भाँडीने चर्चा राजनीतिक वृत्तमा चलिसकेको सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डसँग एमाले अध्यक्ष ओलीले कत्तिको पारदर्शी र भावनात्मक सम्वन्ध बनाउन बल गर्छन त्यसैमा एमाले माओवादी एकताको कुँजी अडिएको छ ।
एमाले मोदीको व्याक फोर्समा माओवादीलाई पेलेरै अगाडि जान खाेजेकाे खण्डमा माओवादी एमालेसँग लत्रिएर सती जानुपर्ने अवस्था छैन । सबैलाई चेतना भया ।

Loading...

Related News

देशको माटो समाएर विचार गराैं, शिक्षा कस्ताे बनाउने ?

-दीनानाथ शर्मा- १९ औँ शताब्दीको उत्तराद्र्ध र २०औँ शताब्दीको पूर्वाद्र्धतिर विश्वमा उपनिवेशवादविरुद्ध युद्धको कालो बादल मडारिन थाल्यो । आफ्नो सत्ता…

नाैलाे संघियता नेपालमा

-प्रा.डा. भीमदेव भट्ट- नेपालको संविधानमा गरिएको व्यवस्थाअनुरूप सङ्घीयता कार्यान्वयन गर्न नेपाल सरकारले २०७४ वैशाख ३१ गतेदेखि २०७४ चैत ९ गतेसम्म…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी