एनआरएनए बेल्जीयमको अर्को समाजसेवी काम

797 Hits

काठमाडौं, २७ बैसाख ।
गैरआवासिय नेपाली संघ वेल्जीयमले समाज सेवामा आफूलाई अब्बल बनाउँदै लगेको छ । नेपालबाट हजारौं किलोमिटर टाढा रहेर पनि बेल्जीयमममा रहेका नेपालीहरु र नेपालमा रहेका नेपालीहरुको हरेक दुख कष्ट र पीडामा सहयोग गर्दै आइरहेको उक्त संस्थाले फेरी अर्को उदारहणीय काम गरेको छ ।
नेपालबाट बेल्जीयम पुगेर विरामी परेका एक युवालाई स्वास्थ्य समस्इा आएपछि उनको पुरै उपचार खर्च र स्वदेश फिर्तासम्मको नेतृत्व र पहल गरेर संस्थाले उदाहरणीय काम गरेको हो ।

संस्थाका अध्यक्ष समाजसेवी लोक प्रसाद दाहालको नेतृत्वमा बिगत केही महिना देखी बिरामी भई बेल्जियमको अस्पतालमा उपचार गरिरहेका सुमन देबकोटालाई आज उपचारपश्चात स्वेदेश ल्याईंदैछ ।

दाहालको नेतृत्वमा एक जना चिकित्सक र देवकोटासहितको टोली बेल्जीयमबाट नेपालको लागि प्रस्थान गरिसकेको छ ।
डाक्टहरुको सल्लाह अनुसार आफ्नो देश र परिवारसंगको मिलनबाट नै रोग निको हुन सक्ने भनी दिईएको सुझाव र सल्लाहा अनुसार एन आर एन बेल्जियका अध्यक्ष लोक दाहाल डक्टर लुक सहित पीडित सुमन देवकोटालाई लिएर नेपाल प्रस्तान गर्नुभएको जानकारी एनआएनए बेल्जीयमले गराएको छ । एनआरएनएले सुमन देवकोटाको शिघ्र स्वास्थ्य लाभ साथै उज्जल भबिस्यको कामना सहित आर्थिक सहयोग गर्नुहुने मनका धनि सम्पुर्ण बेल्जियमबासी नेपाली दिदीबहिनी तथा दाजुभाईहरुलाई हृदयदेखी धन्यवाद प्रकट गरेको छ ।

संस्थाका अध्यक्ष दाहालले बेल्जीयमममा रहेका नेपालीहरुले यस कार्यमा देखाउनुभएको सदासयता र सहयोगलार्य अत्यन्त प्रसंसा गर्दे धन्यवाद व्यत्त गरेका छन् । उनले नेपालीहरु र बेल्जीयमका नागरिकहरुको साथ र सहयोगले नै आफूले हौसला पाएको बताएका छन् ।
उनले विरामी युवा देवकोटाको परिवारलाई भेटेर समग्र प्रक्रिया र उपचारको बारेमा जानकारी गराउने योजना रहेको बताएका छन् ।
दाहालको नेतृत्वमा यस अघि आगोले जलेर मृत्युको मुखमा पुगेका नेपालको राउटे समुदायका एक बालकलाई बचाउने तथा भुकम्पमा परेका नेपालीहरुको उद्धार र राहतका कामहरु सम्पन्न भइसेको छन् ।

Loading...

Related News

जाजरकोटमा अस्पताल बनाउन बेल्जियममा च्यारिटी, १५ हजार युराे संकलन

बेल्जियम, ८ जुलाई – नेपाल र नेपालीको विकास र समृद्धिकाे पक्षमा निरन्तर लागिरहेको गैर अावासिय नेपाली संघ बेल्जियमले जाजरकोटमा अस्पताल…

एनअारएन बेल्जियमले शुरू गर्याे नयाँ सदस्यता वितरण

बेल्जियम, ८ जेठ – नेपालबाट विभिन्न पेशा व्यवसाय र उद्वेश्यले बेल्जियम रहेका गैर आबासीय नेपालीहरूलाई गैर अावासिय नेपाली संघ बेल्जियमले…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का