“पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् भएको छैन”-पम्फा भुषाल

118 Hits

भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले पार्टी एकिकरणका विषयमा आपसी गृहकार्य भइरहेको भइरहेको बताएकि छिन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले बिलय नभई सम्मान जनक ढंगले दुई पार्टी एकिकरण हुने स्पस्ट पारिन् ।

प्रवक्ता भुषालले पार्टी एकता संयोजन समितिले एकिकरणका लागि आबश्यक तयारी गरिरहेको र पार्टी एकिकरणका विषयमा केही सञ्चार माध्यममा अध्यक्ष दाहालले भागबण्डाबारे आएका समाचारहरु निराधार भएको दाबी गर्दै पार्टी एकिरणमा कुनै खालको बार्गेनिङ् नभएको स्पष्ट पारिन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माओवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको उनको भनाई छ । भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तता बढेका कारण दुई पार्टीको एकिकरण प्रक्रियामा ढिलाई भएको उनले बताइन् । अहिले नै सरकारका गतिविधिको समिक्षा गर्ने बेला नभइसकेको भन्दै प्रवक्ता भुषालले सरकारले निर्वाचनको समयमा जनतामाझ लिएर गरेका एजेन्डा अनुसार काम अघि बढाएको बताइन् ।

सरकारले तोकिएकै समयमा बजेट ल्याईसक्ने बताउँदै उनले उक्त बजेट जनमुखी र आर्थिक समृद्धिको खाका भएको बताइन् । प्रवक्ता भुषालले विगतमा जस्तै नभई यो सरकारले कुटनीतिक पाटोलाई देश र समयानुकुल बनाउँदै गएको उनको भनाई छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी