ओली र प्रचण्ड बीच बालुवाटारमा ‘वान टु वान’ वार्ता

64 Hits

काठमाडौँ । दुई वाम पार्टीको एकता प्रक्रिया लम्बिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता भएको छ ।

बिहान साढे १० बजे पछाडि बालुवाटार छिरेका प्रचण्ड र ओलीबीच २ घण्टासम्म एक्ला–एक्लै वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि गत वैशाख २० गते ओली–प्रचण्डबीच दुई पटक वार्ता भएको थियो । गत वैशाख १४ गते दुई नेताबीच भएको वार्तामा एकताको अन्तिम टुंगो लागेको बताउँदै बुद्ध पूर्णिमा पछि (वैशाख २३ गते) एकताको मिति घोषणा गरिने बताइएको थियो ।

तर, अझै पनि एकताको मिति तय नभएको अवस्थामा दुई नेताबीच बुधबार बिहान एक्ला एक्लै वार्ता भएको हो । ‘एकताकै विषयमा वार्ता भएको बुझिएको छ’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘तर दुई नेताबीच भएको वार्ताको विस्तृत विवण आएको छैन ।’ एकताप्रक्रिया अन्योलमा परेको अवस्थामा प्रधानमन्त्री ओलीले सोमबार आफ्नो निजी ट्वीटर ह्यान्डलबाट फेरिँदो राजनीतिक समीकरणबारे कडा टिप्पणी गरेका थिए ।

ओलीको त्यो टिप्पणी कसैलाई नभई राजनीतिक अस्थिरतातर्फ केन्द्रित रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताएका थिए । प्रमको निजी ह्यान्डलबाट गरिएको उक्त ट्वीटले राजनीतिक तरंग नै ल्याएको थियो । ओलीको उक्त ट्वीटबारे माओवादी अध्यक्ष प्रचण्डले पनि असन्तुष्टि जनाउँदै त्यसबारेमा पनि कुरा गर्ने बताएका थिए । एमाले–माओवादी एकता वैशाख ९ गते नै हुने भनिएको थियो । एकता संयोजन समिति र दुई कार्यदलले पनि बैचारिक र नीतिगत कुरामा कुनै समस्या नरहेको प्रतिवेदन दिइसकेका छन् ।

तर, ओली–प्रचण्ड दुवै नेता व्यवस्थापनका कारण तनावमा छन् । प्रचण्डलाई सबैभन्दा अफ्ठेरो एमालेसँग मिलेपछि बन्ने नयाँ पार्टीमा आफ्ना नेता व्यवस्थापनले पारेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*