सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर अवतरणका क्रममा दुर्घटना

156 Hits

सोलुखुम्बु । सोलुखुम्बुमा खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटना भएको छ ।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबार विहान सोलुखुम्बुकै फाप्लु विमानस्थल बाट कार्गो लिएर स्याङबोचे गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन.ए.एच.टी. कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो। हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भए पछि धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको बताईएको छ । दुर्घटनामा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी