नेपालीलाई ५ वर्षमा सम्वृद्ध राष्ट्रका सुखी जनता बनाउने मन्त्री पुनको प्रतिबद्धता, यस्ताे छ श्वेत पत्र

185 Hits

काठमाडौं, २५ बैशाख ।

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी ५ वर्षमा नेपालीलाई ५ वर्षमा सम्वृद्ध राष्ट्रका सुखी जनता बनाउने महवकांक्षी प्रतिबद्धता सार्वजनीक गरेका छन् ।

मन्त्रालयमा मंगलबार अपरान्ह आयोजित वर्तमान अवस्था र भावी मार्गचित्र सहितको १ सय २५ बुंदे श्वेत पत्र जारी गर्ने कार्यक्रममा बोल्दै मन्त्री पुनले जनतालाई समृद्ध राष्टका सुखी जनता बनाउने संकल्प गरेका हुन् ।

मन्त्री पुनले आगामी १० वर्षभित्र १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्षसहित प्रत्येक प्रदेशमा मेगा उर्जा प्रोजेक्ट बनाउने योजना उल्लेख गरेका छन् । नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ जस्ता नारा अघि सार्दै मन्त्री पुनले उच्च क्षमताका विद्युत प्रसारण लाईन निर्माण गर्ने योजना अगाडि सारेका छन् ।

मन्त्री पुनले जारी गरेकाे पत्रमा १५ हजार ८ सय ८७ मेगावाट क्षमताका ३ सय २ वटा आयोजनाका प्रवद्र्धकहरुलाई विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र दिइएको र १ सय वटा विद्युत प्रशारण लाइनको सर्वेक्षण अनुमतिपत्र तथा ९६ वटा विद्युत प्रशारण लाइनको निर्माण अनुमतिपत्र जारी गरिएको पनि जानकारी दिइएको छ । 

‘एक प्रदेश, एक मेगा प्रोजेक्ट’ कार्यक्रम अन्तर्गत हरेक प्रदेशमा कम्तिमा एउटा ठूलो जलविद्युतरसौर्य आयोजनाको निर्माण शुरु गर्ने श्वेतपत्रमा उल्लेख छ । ‘हरेक घर, उर्जा घर’ को अवधारणा अन्तर्गत उर्जा दक्षता कार्यक्रम र घर घरमा राखिने रुफ टप सौर्य उर्जालाई नेट मिटरिङ्ग तथा नेट पेमेण्टका आधारमा ग्रीडमा जोड्ने कार्यक्रमलाई अभियानको रुपमा अघि बढाईने मन्त्री पुनले जानकारी गराए ।

उनले आगामी दश वर्षमा उत्पादन गरिने १५,००० मेगावाटको लक्ष्यलाई आधार मानी विद्युत आयोजनाहरुको उत्पादन समिश्रणका लागि जलाशययुक्त तथा पम्प स्टोरेजः ३०–३५ प्रतिशत, पिकिङ रन अफ द रिभरः २५–३० प्रतिशत, रन अफ द रिभरः ३०–३५ प्रतिशत र अन्य वैकल्पिक श्रोतः ५–१० प्रतिशत बमोजिमको अनुपात कायम गरी टेक अर पे सिद्धान्तको आधारमा विद्युत खरिद संझौता गर्ने व्यवस्था मिलाईने बताए ।

उनले जारी गरेको श्वेत पत्रमा प्रसारण लाईन निर्माण गर्दा राइट अफ वे मा परेका सर्वसाधारणको जग्गको भाडा दिने व्यवस्था गर्ने विषय पनि परेको छ । जुन विषयमा देशभरका जग्गा धनी र पीडितहरुले आन्दोलन र संघर्ष गर्दै आइरहेका थिए ।

श्वेत पत्रकाे पूरा पाठ

White-Paper-2075 (1)

 

Loading...

Related News

उर्जा मन्त्री वर्षमान पुन स्वास्थ्य लाभपछि डिस्चार्ज

काठमाडौं, १७ कात्तिक – उर्जा मन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनी शनिबार विहान ११:३०मा डिस्चार्ज…

नेता अनन्तको स्वास्थ्य अवस्था बुझन नेकपा महासचिव पौडेल नर्भिकमा

काठमाडौं, १७ कात्तिक उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव विष्णु पौडेल नभीृक अस्पताल…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी