मानवीय सहकारीको कालो कर्तुत: ऋण तिर्दा पनि धितो राखेको जग्गा अर्कैलाई बेचियो

66 Hits

काठमाडौं । काठमाडौंको बसन्तपुर झोछेमा कार्यालय रहेको मानवीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ऋणिले लिएको रकम चुक्ता गर्दा पनि धितो राखेको जग्गा अर्कै व्यक्तिलाई बेचिदिएको छ । सहकारीका अध्यक्ष मनोज बासुकलाले ऋणीले ऋण लिँदा धितो राखेको १ रोपनी १२ आना जग्गा अर्कै व्यक्तिलाई बेचेका हुन् ।

उनले नेटो हाउजिङ प्रालीको नाममा रहेको चोभारको कित्ता नम्बर १ सय ३० को १ रोपनी क्षेत्रफल भएको र कित्ता नम्बर १७ को १२ आना क्षेत्रफल भएको दुई कित्ता जग्गा अर्कैलाई बेचेका हुन् । सहकारीले २०६८ साल भदौं ३० गते पर्वत शंकरपोखरी घर भई हाल काठमाडौंको कालीमाटी बस्ने टिकाराम तिवारीलाई फरक फरक दुई कित्ता जग्गा राख्दा ३० लाख रुपैयाँ ऋण दिएको थियो । ऋणी टिकारामले ऋण नतिरेपछि नेटो हाऊजिङ प्राली आफैले ५ बर्षको सहकारीले तोकेको रकम ७८ लाख चुक्ता गर्दा पनि सहकारीका अध्यक्ष बासुकलाले काठमाडौं महानगरपालिका वडा नम्बर २८ नोखाका देशकुमार श्रेष्ठलाई जग्गा बेचेका हुन् ।

उनले पहिले टिकाराम तिवारीले लिएको ऋण तिरिदिएमा नेटो हाउजिङ प्रालीको जग्गा फुकुवा गरिदिने बचन दिएका थिए । त्यसपछि नेटो हाउजिङ प्रालीले २०७४ साल चैत २० गते सहकारीको सबै सावा व्याँज रकम चुक्ता गरेको थियो । तर सहमति बिपरीत नेटो हाउजिङ प्रालीको जग्गा २०७४ चैत २७ गते सहकारीका अध्यक्ष बासुकलाले देशकुमार श्रेष्ठलाई बेचेका हुन् । सहकारीका अध्यक्ष मनोज बासुकलाले भने आफुले समयमै ऋणीले ऋण चुक्ता नगरेपछि आफुले जग्गा बेचेको बताए ।

पिडकलाई गिरफ्तार गरिए पनि कारबाही नगरी छोडियो नेटो हाउजिङका हरि सिंह र सुदिप सिंहले सबै प्रमाणसहित टेकुमा रहेको महानगरिय प्रहरी परिसरमा २०७४ साल बैशाख १९ गते उजुरी दिएका छन् । १९ गते नै महानगरिय प्रहरी परिसरले न्युरोडमा रहेको जनसेवा प्रहरी कार्यालयलाई पिडक मनोज बासुकलालाई पक्राउ गरि ल्याउन निर्देशन दिएको छ । जनसेवाले मनोज बासुकलालाई बैशाख २० गते पक्राउ गरी कारबाहीका लागि महानगरीय प्रहरी कार्यालयमा पठाए पनि महानगरीय प्रहरी परिसरले उनलाई कारबाही नगरि बिहीबार नै छोडिदिएको पिडितको गुनासो छ । महानगरिय प्रहरी परिसर मुद्धा शाखाका डिएसपी मनोज थापाले ठगी गरेको प्रमाणित नभएसम्म कसैलाई पनि थुन्न नमिल्ने भएकाले छोडेको बताए । मर्कामा नेटो हाउजिङ प्राली मानवीय सहकारीले नेटो हाउजिङको नाममा रहेको १ रोपनी १२ आना जग्गाका साथै ७८ लाख रुपैंया फिर्ता नगर्ने योजना बनाएको पिडित पक्षको भनाई छ ।

Related News

Comments are closed