आँखा प्रतिष्ठानलाई सरकारले दियो १० करोड रुपैयाँ अनुदान

72 Hits

काठमाडौँ । सरकारले तीलगंगा आँखा प्रतिष्ठानलाई रु १० करोड अनुदान रकम उपलब्ध गराएको छ । ‘नेपाल आँखा कार्यक्रम’ले उत्पादन गर्दै आएको मोतियाविन्दुको शल्यक्रियापछि राखिने इन्ट्रअकुलर लेन्स उत्पादन क्षमता अभिवृद्धि गर्नका लागि सरकारले उक्त अनुदान रकम उपलब्ध गराएको हो ।

उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्री मातृका प्रसाद यादवले मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा प्रमुख प्रा डा सन्दुक रुइतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बोल्दैमन्त्री यादवले मोतियाविन्दुको अपरेसनपछि राखिने लेन्स उत्पादन गरी विश्वका विभिन्न मुलुकमा निर्यात गरी व्यापारघाटालाई कम गर्न महत्वपूर्ण सहयोग पुगेको बताए । सरकारका तर्फबाट प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने विश्वास दिलाउँदै उनले निर्यात प्रवद्र्धन गर्ने सबै प्रकारका उद्योगलाई सरकारले सहयोग गर्ने बताए ।

मन्त्रालयका वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले लेन्स उत्पादन गरी निर्यात गर्ने क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग गरेको बताए। कार्यक्रममा प्रतिष्ठानका प्रमुख रुइतले मन्त्रालयबाट प्राप्त सहयोगले प्रतिष्ठानको उत्पादन क्षमता अभिवृद्धि गर्ने र निर्यातलाई बढाउने विश्वास दिलाउँदै आगामी दिनमा सरकारबाट सहयोग रहने अपेक्षा ब्यक्त गरे । प्रतिष्ठानबाट उत्पादित विभिन्न चार प्रकारका लेन्स चारदेखि पाँच लाखसम्म उत्पादन हुँदै आएको छ । उत्पादित लेन्सलाई विश्वको ३५ देशमा निर्यात गर्दै आएको छ भने यसको सबैभन्दा बढी चीन, थाइल्याण्ड र पाकिस्तानबाट माग हुने गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी