मोदीको नागरिक अभिनन्दनका लागि जनकपुरका गाउँबाट जनता बसमा ल्याइने

107 Hits

काठमाडौ । तीन दिनपछि हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला मोदीको स्वागतको लागि मिथिला नगरी जनकपुर पुतली जस्तै रंगीचंगी देखिन थालेको छ ।

रंगरोगन, सरसफाई मञ्चव्यवस्था, पुजाको तयारी तथा सुरक्षा व्यवस्थालगायतका काम अन्तिम चरणमा पुगेको जनकपुर उप महानगर पालिका प्रमुख मेयर लालकिशोर साहले जानकारी दिए । “सहरका भित्ताहरु मिथिला चित्रकलाले सजाइएको छ । तुल र ब्यानरको गेट बनाउने काम पनि चलिरहेको छ ।” मेयर साहले बताए । मोदिको नेपाल भ्रमण र त्यसका लागि सुरक्षा अवस्थाका बारेमा बुझ्नका लागि भारतिय सुरक्षाकमीसहितको विशेष विमान सोमबार जनकपुर अवतरण गरेको छ । भारतीय एयर फोर्सको सो विमानमा प्रधानमन्त्री मोदिको सुरक्षाका लागि खटिने भारतीय सेनाको एक टोलि समेत रहेको छ ।

मोदिले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपाल भ्रमणको शिलसिलामा जनकपुर काठमाडौ र मुिक्तनाथ गरि २९ घण्टा बिताउनेछन । मोदि २८ गते विहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुदै भारतीय हवाई सेनाको विशेष हेलिकप्टेरबाट जनकपुर विमानस्थल आउनेछन । त्यहाँ उनलाई नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ । त्यसबाहेक नेपाल सरकारका मन्त्रिहरु पनि उनको स्वागतका लगि सरिक हुनेछन् । त्यसपछि कार्यतालिका अनुसार मोदी सिधै जनकपुर मन्दिर प्रस्थान गर्नेछन । बाह्य मुलुकका प्रधनमन्त्री एंव उच्च पदस्थ ब्यक्तिको आगमनमा राजधानी बाहिर हुन लागेको यो नै पहिलो स्वागत कार्यक्रम हो । यो भन्दा पहिले राजधानीमै स्वागत गरिन्थ्यो ।

प्रदेश सरकारले मोदिको स्वागतका लागि बसमा जनता ल्याउन स्थानिय सरकारलाई उर्दी जारी गरेको छ । जनकपूरमा मोदीलाई नागरिक अभिन्नदन गर्ने समेत कार्यक्रम छ । यसका लागि प्रदेशका प्राय सबै जिल्लाहरुबाट हजारौ जनतालाई जनकपुर पुर्याउन प्रदेश सरकारले तयारी गरेको छ । मोदिलाई जनकपुरमा प्रदान गरिने अभिन्नदनपत्र ४ भाषामा तयार गरिदैँछ । नेपाली, हिन्दी,मैथली, र अंग्रेजि भाषामा लेखिएका अभिनन्दन पत्र जनकपुर प्रमुख शाहले मोदीलाई एक समारोह बिच प्रदान गर्नेछन । मोदिको भ्रमणको कार्यक्रम अनुसार २८ गते विहान जनकपुरबाट सुरु भइ २९ गते मुतिmनाथ भ्रमण पछि पुनः कठमाडौ आई अन्त्य हुनेछ । सोही दिन उनी दिल्ली फर्किनेछन् ।

Related News

Comments are closed