जापानमा हुन लागेको कराते प्रतियोगितामा सहभागि हुन नेपाली टिम त्यसतर्फ प्रस्थान

110 Hits

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा सहभागी हुनका लागि नेपाली टोली जापान प्रस्थान गरेको छ । मंगलबार चार नेपाली खेलाडी र एक प्रशिक्षक नेपालको प्रतिनिधित्व गर्दै त्यस तर्फ प्रस्थान गरेका हुन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन साफ कराते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता खेलाडीहरु उक्त प्रतियोगितामा भाग लिँदैछन् । बालाजु कराते डो–प्रतिष्ठानका खेलाडीहरु नविन रसाइली, राजिव पुडासैनी, एस्तर राई र विजय श्रेष्ठले उक्त प्रतियोगितामा खेल्नेछन् । प्रशिक्षकको रुपमा एशियन कराते महासंघका कोच तथा बालाजु कराते डो प्रतिष्ठानका नेपालका प्रमुख प्रशिक्षक ध्रुव विक्रम मल्लले सहभागी जनाउँनेछन् ।

प्रशिक्षक मल्लका अनुसार प्रतियोगितामा सहभागी हुने नविन रसाइली लगातार ३ पटक, राजिब २ पटक साफ करातोमा स्वर्ण पदक जित्ने खेलाडी हुन् । जापानमा भएको उक्त प्रतियोगिता १७ औँ संस्करण हो । अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको छैन । नेपालका चर्चित प्रशिक्षक समेत रहेका मल्लका अनुसार उक्त प्रतियोगितामा पदक जित्न सके नेपाली करातेको नयाँ ईतिहास रचिनेछ ।

उक्त प्रतियोगिता युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप हो । जपान प्रस्थान गर्ने खेलाडीलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको छ । बालाजु करातो डो प्रतिष्ठानमा आयोजित विदाई कार्यक्रममा प्रशिक्षक मल्ल, पूर्व राखेप बोर्ड सदस्य रेशम लामा लगायतको सहभागीता रहेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी