ट्वीटमार्फत ओलिले दिए प्रचण्डलाई झटारो, पार्टी एकतामा प्रश्न उत्पन्न

127 Hits

काठमाडौं । सोमबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै दिएको अभिव्यक्तिप्रतिले नेपाली राजनीतिमा तरंग उत्पन्न भएको छ । ओलीले ‘सत्तासमीकरणको वानी परेकाहरु’ भन्दै ट्वीटमार्फत प्रचण्डलाई झटारो हानेपछि पार्टी एकता गर्न कँस्सिएका दुई नेताबीचको सम्वन्धमा प्रश्न उत्पन्न समेत भएको छ ।

बाम गठबन्धन गरेर चुनाव जितेका सत्ता साँझेदार दुई पार्टीहरु एकताको संघारसम्म आईपुग्दा ओलीको यस्तो अभिव्यक्ति आउनु खतराको संकेत मान्न सकिन्छ । यद्यपी, प्रचण्ड र ओलीबीच पार्टी एकता र पद बाँडफाँडको बिषयमा नियमित भेटघाट र संवाद समेत भइरहेको छ । तर समाजिक संजालमा देखिएको यस्तो अभिब्यक्तिले केही न केही गडबढी छ भन्ने कुराको अनुमान धेरैको छ । पार्टी एकता संयोजन समितिले एकताका लागि मिल्न वाँकी विषय टुंगाउन दुई अध्यक्षलाई जिम्मा दिएपछि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डवीच धेरै पटक वान टू वान संवाद भएका छन् ।

उनीहरुले आफुहरु एकताका लागि नजिक पुगेको बताईरहेका बेला सामाजिक संजाल मार्फत ओलीको असन्तुष्टि बाहिर आउनु एकता प्रकृयालाई निश्कर्षमा नपुर्याउने खालको अभिब्यक्तिको रुपमा पनि लिइएको छ । सिंहदरवारमा मंगलबार बसेको संसदीय दलको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको अभिव्यक्तिबारे आजै गम्भीर छलफल समेत गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले माओवादीलाई लक्षित गर्दै सोमबार ट्वीटरमा समिकरण फेरवदल गर्न बानी परेकालाई विकास र सम्बृद्धिप्रति अरुची हुनसक्ने भनेर अभिव्यक्ति दिएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार ओलीको उक्त ट्वीटले निकट भविश्यमा हुन लागेको एकीकरण नै संकटमा पर्ने भएको भन्दै बास्तविकता के हो भनेर अध्यक्षसँग जवाफ मागेका थिए । त्यसक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीबाट आएको उक्त अभिव्यक्तिबाट आफु समेत आश्चर्यमा परेको भन्दै त्यसबारे आफुले तत्काल कुरा गर्ने जवाफ दिएका थिए ।

यस्तो थियो ओलीले लेखेको ट्वीट
‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिविम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यदेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामै थियो र छ ।’

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले आफु र प्रधानमन्त्री ओलीबीच पार्टी एकताका लागि अहिलेसम्म कुनैपनि सहमति नगरेको समेत प्रस्ट पारेका थिए । प्रचण्डको भनाई उधृत गर्दै ति नेताले भने ‘मिडियामा म र प्रधानमन्त्री ओलीवीच चारवटा विषयमा सहमति भयो भन्ने हल्ला आयो यसमा कुनै सत्यता छैन,हामी समानताकै आधारमा एकता गर्ने पक्षमा छौ त्यसबाट दायाँबायाँ हुदैन, यदि समानतालाई स्वीकार गरिएन भने एकता हुदैन ।’ यसअघि ओली र प्रचण्डबीच प्रधानमन्त्री, पार्टी अध्यक्षलगायतका विषयमा सहमति भएका खवरहरु आएका थिए । तर, ति खवरहरु पुर्णतया असत्य र कपोकल्पीत रहेको बैठकमा प्रचण्डले खुलाएका थिए ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी