सुन काण्डका अभियुक्तसँगको बयान आज सकिदै

70 Hits

काठमाडौं । सुन तस्करी र सनम शाक्य हत्या अभियागमा जिल्ला अदालत मोरङले आज बाँकी ३ जना अभियुक्तसँग बयान लिँदैछ । अदालतले आज बहालवाला एसएसपी दिवेश लोहनी सहित डिएसपीद्वय प्रजित केशी र सञ्जय राउतसँग बयान लिन लागेको हो ।

प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये अदालतले हिजोसम्म २७ जना अभियुक्तको बयान लिइसकेको छ । यसअघि हिजो जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा पूर्व डिआइजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकासराज खनाल, सइ बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा र जवान विष्णुबहादुर खड्कासंग बयान लिइएको थियो । यसैगरी, बिमानस्थलका कर्मचारीहरु राजन थापा, पुण्य लामा, गोपाल श्रेष्ठ, हेमन्त गौचन, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारूको पनि बयान सकिएको छ । बयानका क्रममा उच्च प्रहरी अधिकारीले भने अभियोग अस्विकार गरेका छन् । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेपनि ३३ जना भने अझै फरार छन् । न्यायिक हिरासतमा रहेका ३० जनाको बयान आज सकिदैछ । अदालतले गत बिहीबारदेखि बयान लिन सुरु गरेको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*