माेदीकाे भ्रमण स्वीकृत, अरू के गर्याे मन्त्रीपरिषद्ले निर्णय ?

58 Hits

काठमाडौं, २५ वैशाख ।

मन्त्रिपरिषद्को बैठकले वैशाख २८ देखि २९ सम्म हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण कार्यक्रमलाई स्वीकृति प्रदान गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको बैठकले भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए ।

त्यस्तै बैठकले कारागार सुधारका लागि कारागारसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार अहिलेसम्म कारागारलाई सुधार गृहका रूपमा स्थापित गर्न नसकिएकाले त्यसको सुधार र व्यवस्थापनका लागि सैद्धान्तिक सहमति दिने निर्णय सरकारले गरेको हो । त्यस्तै, वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
यसअघिसम्म रोजगारका लागि विदेश जाँदा नेपाली युवा कामदारहरूको विदेशमा बिचल्ली पर्ने गरेकाले त्यस्तो नहोस् भन्ने हेतुले विदेश जाँदा नै नेपाली नियोगले प्रमाणित गरेर मात्र जान पाउने व्यवस्था हुने भएको छ ।
कुनै वैदेशिक कम्पनीले जनशक्ति मागेको हो वा होइन, या ठगी गरेर युवालाई झुक्याएर विदेश पठाउन लागेको त होइन ? भन्ने विषयलाई नियोगले नै छानबिनपश्चात् प्रमाणित गरी पठाउने व्यवस्थाका लागि सो निर्णय गरिएको राज्यमन्त्री बाँस्कोटाले प्रष्ट पारे ।

Related News

‘हनिमुन पिरियड’मा सरकारको काम गराइ परिपक्व, के के गर्याे सरकारले ?

काठमाडाै‌ ११ जेठ । सरकारकाे १ सय दिन अर्थात हनिमुन पिरीयडमा काम गराइ परिपक्व देखिएकाे छ । यातायातमा देखिएकाे सिण्डिकेट…

टेलिकम प्रबन्ध निर्देशकलाई बर्खास्ती तयारी, सोधियो ७ दिने स्पष्टिकरण

काठमाडौं, २५ बैसाख- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग सरकारले ७ दिने स्पष्टीकरण सोधेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले स्पष्टिकरण…

Comments are closed