९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

1550 Hits

लमजुँग, बैसाख-
९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा । जिल्लाको दोर्दी गाउँपालिका वडा नं १ को भारतले सिरुवारीका जयराम अधिकारीका ९ वर्षिय छोरा सन्देश अधिकारीले ४१ वर्षीय जयराम अधिकारीलाई दागवत्ति दिएर अन्तिम संस्कार गर्दा सिंगै गाउँ रोयो । दोर्दी गाउँपालिका वडा नं १ सिरुवारीका पीता बलराम अधिकारी र आमा लक्ष्मी अधिकारीका एक मात्र सुपुत्र जयराम अधिकारी पेशाले स्वास्थ्यकर्मी थिए ।


स्वास्थ्य कर्मीको रुपमा भुमिका निर्वाह गरिरहेकै क्रममा रामेछाप जिल्लाको मनथलीमा आकस्मीक ह्दयघातका कारण बेहोस भएपछि उपचारको क्रममा निधन भएको थियो । रामेछापको उमाकुण्ड गाउँपालिका स्थित गुम्देल स्वास्थय चौकीमा अहेबको रुपमा कार्यरत अधिकारीको बैसाख २२ गते राती सुतेकै होटलको कोठामा हृदयघात भई बेहोस भएका थिए । उनलाई त्यहींको सामुदायीक अस्पतालमा उपचारपछि थप उपचारको लािग काठमाडौंको गंगालाल मुटुरोग अस्पताल ल्याउँदै गर्दा निधन भएको थियो । गंगालाल अस्पतालले उहाँको निधन आकस्मीक ह्दयघात र ब्रेन ह्यामरेजका कारण भएको बतायो ।


रामेछापबाट काठमाडौं ल्याउदै गर्दा संसार छाडेका अधिकारीको २३ गते साँझ लमजुँगमा पुर्याई अन्तिम संस्कार गरिएको हो । बेलघारीस्थित रत्न प्रावि पछाडिको सडकमा भएको अन्तीम श्रद्धाञ्जली कार्यक्रममा उपस्थित ४ सय भन्दा वढि सहभागीहरुमध्ये नरुने कोही थिइन । अधिकारीको बुबा, आमा, ५ बहिनीहरु, श्रीमती हरिमाया अधिकारी, ९ वर्षीय १ छोरा र १२ र १४ वर्षिय २ छोरी छन् ।


अन्तिम संस्कारमा काठमाडौं, पोखरा र चितवनदेखि अधिकारीका आफन्त र शुभचिन्तकहरु सहभागि भएका थिए ।

आफ्नो एकमात्र पुत्रको वियोगमा पीता बलराम अधिकारी र माता लक्ष्मी अधिकारीसहितको परिवारले श्रद्धाञ्जली अर्पण गर्दै आफूहरुको जीवनको सहारा टुटेको भएतापनि आफूहरु विचलीत नहुने र सबैलाई धैर्य धारण गर्न आग्रह गरेका थिए ।
अधिकारीको बारेमा मन्तव्य राख्दै ६५ वर्षिय काका हरिराम अधिकारीले आफूहरु जयरामको निधनले अत्यन्तै दुखी र स्तव्ध भएको बताउँदै अन्तिम संस्कारमा सहभागिहरुको साथले शोकलाई धारण गर्ने शक्ति पैदा भएको बताएका थिए ।


सहभागिहरुले ९ वर्षीय छोराले ४१ वर्षीय बुबाको अन्तिम संस्कार गरेको विषयले अत्यन्त भावुक बनाएको बताएका थिए ।
दिवंगत अधिकारी समाजसेवी र अत्यन्त मिलनसार युवा भएको स्थानिय डम्बर बहादुर अधिकारीले बताए । अधिकारीका काकाका छोरा कृष्ण अधिकारीले आफूहरुले अभिभावक गुमाएको बताउँदै परिवारमा अपुरणीय क्षती भएको बताए । मृतकका बुबा बलराम अधिकारी भुतपूर्व शिक्षक हुन् । 
अधिकारीको निधनले उनको पुरै गाउँ शोकमग्न छ । अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजन र आफन्तहरुलाई हार्दिक समवेदना प्रकट गर्दे धैर्यधारण गर्ने शक्ति मिलोस हाम्रो पनि कामना ।

Related News

Comments are closed