दलित अधिकारकर्मीको चिन्ता: ‘कानुनले पनि रोक्न सकेन जातीय बिभेदका घटना’

103 Hits

काठमाडौं । पछिल्लो समय छुवाछुतका गतिबिधिमा वृद्धि भएको भन्दै दतित अधिकारकर्मीहरुले चिन्ता ब्यक्त गरेका छन् । समता फाउण्डेशनको आयोजनामा आज राजधानीमा जातीय भेद्भाव तथा कसुर र सजाय ऐन,२०६८ को विद्यमान अवस्था र ऐनको प्रभावकारी कार्यन्वयनको लागि नेपाल प्रहरीको भुमिका बिषयक छलफल कार्यक्रमका सहभागिहरुले यस्तो चिन्ता ब्यक्त गरेका हुन् ।

दलित आयोगका कानुनी सल्लाहाकार तथा अधिबक्ता राम बहादुर मिजारले कानुन बनेर ऐन लागु भइसक्दा पनि जातीय बिभेदका घटनामा कमी नआउनु लज्जाको बिषय भएको बताए । पहिले प्रत्यक्षरुपमा जातीय बिभेदका घटना हुन्थे भने बदलिँदो परिस्थितिमा अप्रत्यक्ष रुपमा बिभेद गरिने भएकाले कारवाहीका लागि आवश्यक प्रमाण जुटाउन नसकेको प्रति चिन्ता ब्यक्त गरे । उनले भने, आजकाल जातीय बिभेद र छुवाछुत गर्ने शैली पनि फेरिएको छ, यस्तो पाराले बिभेदको अत्य कहिले होला? ।

नागरिक समाजका अगुवा भक्त बिश्वकर्माले जातीय बिभेद उन्मुलनका लागि राज्य उदार भएर लाग्नु पर्ने बताए । उनले बिभेदका घटनाको गाम्भिर्यता, मुद्धा र घटनाको अध्ययन गर्ने स्रोत नेपाल प्रहरी भएको भन्दै प्रहरी प्रशासनले दलितमाथि भएका बिभेदको मुल्यांकन गरि काम कार्वाही अगाडि बढाउनु पर्ने सुझाव दिए । उनले जातिय विभेद शिक्षित र सम्पन्न परिवारबाट भइरहेको हुँदा जातिय विभेदका घटना झनै जटिल बन्दै गएको भन्दै कानुन कार्यान्वयनको सवालमा प्रश्न उत्पन्न भएको बताए । जातीय बिभेदका सवालमा प्रभावकारी ढङ्गले कानुन कार्यन्यन गर्न राज्यलाई उनको सुझाव थियो ।

समाता फाउण्डेसनले गरेको अध्ययन अनुसार हालसम्म जातिय विभेद तथा छुवाछुत सम्बन्धी ६२ वटा मात्र मुद्धा दर्ता हुन सफल भएको र त्यसमध्ये पनि एउटा मात्रै मुद्धाबाट पिडितले न्याय पाएका छन् । कार्यपत्र प्रस्तोता एंव अधिबक्ता प्रकाश नेपालीले यसप्रति दुख ब्यक्त गर्दै एक जना मात्र अपराधीलाई कावार्हीको दायरामा ल्याउनु दुभार्ग भएको बताए । उनले एउटा मुद्धा बाहेक अरु सबै आरोपीलार्ई सफाई दिने तथा मुद्धा नै खारेज र विचारधिन अवस्थामा लम्बएर राखिदिनाले पनि राज्य आफलेै विभेद गरेको आभास भएको गुनासो व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रबक्ता मनोज न्यौपानेले अपराधि लाई सजाय दिलाउन र पिडितलाई न्याय दिलाउन नेपाल प्रहरीको प्रत्यक्ष भुमिका रहेको बताए । उनले जतिय विभेद पुर्णरुपमा उन्मुलन गर्न नसके पनि न्युनिकरण गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । जातीय बिभेदका बिषयमा शून्यसहनशीलताको बाटो अबलम्बन गर्ने भन्दै प्रबक्ता न्यौपानेले कुनै पनि अपराधिक क्रियाकलापमा सहभागि हुने जोसुकैलाई पनि सजाँयको कठघरामा उभ्याउने र सजाँय दिलाउन कुनै पनि कसूर बाँकी नराख्ने प्रतिवद्धा जनाए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी