“कानुन कार्यान्वयनका दौरानमा बाधा पुर्याए सिधै इन्काउन्टर हुन्छ”-एसपी तामाङ्ग

43 Hits

सागर थापा बिष्णुकुमार देवकोटा

नेपालगंज । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले कानुन कार्यान्वयनको दौरानमा कसैले हातहतियार सहित बाधा पुर्याए इन्काउन्टर हुने बताएका छन् । आफ्नै कार्यकक्षमा पत्रकारहरुसंग कुराकानि गर्दै तामाङ्गले शान्ति सुरक्षाका सवालमा आफुले कुनै कसर बाँकी नराख्ने बताए ।

बाँके जिल्ला आफैमा धार्मिक तथा जातीय संबेदनसील क्षेत्र रहेको भन्दै जातीय सद्भाव कायम राख्नेकार्य जिल्ला प्रहरीकार्यालय बाँकेको प्राथमिताको प्रथम सुचिमा रहेको बताए । छिमेकी देश भारत संग जोडिएको नाकाक्षेत्र समेत भएकाले नाकासंग सम्बन्धित अन्तरदेशिय अपराध नियन्त्रण, लागू औषध ओसार पसार, चन्दा तथा फिरौति, गुण्डा गर्दी एवं संगठित अपराधक निर्मुल गर्नका लागि प्रहरी सकृय रहेको उनले जानकारी दिए। एक अर्को प्रसंगमा तामाङ्गले नेपाल सरकारको २० बर्षे सवारी साधनहरु बिस्थापन गर्ने नितिअनुरुप हाल सम्म ३ वटा सवारी साधनहरुलाई यातायात व्यवस्था कार्यालयमा पठाईएको बताए ।

नेपाल सरकारको सिण्डिकेट बिरुद्धको नितिलाई कार्यान्वयन गर्ने सवालमा शनिबार सम्म ४ जना यातायात व्यवसायीहरु सहित ३ जनाकर्मचारी गरी जम्मा ७ जनालाई अत्यावस्यक सेवा संचालन ऐन २०१४ बमोजिम कार्वाहिका लागि प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रकृतिगत हिसाबमा जिल्ला प्रहरी बाँकेमा फाइलहुने केसहरु मध्ये करीब १ तिहाई केसहरु लागूऔषध संग सम्बन्धित हुने तामाङ्गले जानकारी दिए । नेपालगंजमा वेस्यावृत्ति समेत मौलाएको भन्दै तामाङ्ले वेस्यावृत्तिमा संलग्नहरुको पुनःस्थापनाकालागि सिपमूलक तालिमहरु संचालन गरी उनिहरुको सम्मानीत जीवनयापनका लागि सम्बन्धित सरोकारवालाहरुले समन्वय गर्नुपर्नेकुरामा जोड दिंदै औद्योगिक सुरक्षामा समेत प्रहरी सकृय रहेको उनले बताए ।

जनमैत्रि प्रहरी को बिकास र आम जनताका समस्याहरु सहज र सरलरुपमा प्रहरीले सुन्ने भन्दै मुस्कान सहितको प्रहरी सेवा दिन दिन रात बाँके प्रहरी सकृयरहेको बताउदै प्रहरी प्रमुख तामाङ्गले भने,“संगठित अपराधमा प्रहरीको सुन्य सहनसील निती रहेको छ”। जनता र प्रहरीबीचको सम्बन्ध बिस्तार गर्न र ढुक्क संग जनताले आफ्ना समस्याहरु प्रहरी संग राख्ने बाताबरण मिलाईएको बताए । नेपालगंज नाका र मार्ग स्थल समेत प्रयोगगरी चेलीबेटि बेच बिखन गर्ने क्षेत्र भएको तर्फ संकेत गर्दे प्रमुख तामाङ्गले प्रहरी आफै र विभिन्न संघसंस्थाहरुको सहयोगमा चेलीबेटी बेचबिखन बिरुद्ध अपरेसनहरु संचालनगरीरहेको जानकारी दिए ।

हाल ८ जना संगठित अपराधमा संलगनहरुलाई प्रहरी कस्टडिमा लिएर अनुसन्धान गरीरहेको जानकारी दिंदै उनले कानुनसम्मत काम गर्दा कसैको चाकडि गर्नु नपर्ने तर कानुन बिपरित कार्यगर्ने कसैलाई पनि प्रहरीले नछोड्ने चेतावनी समेत दिए । जिल्ला प्रहरी कार्यालयमा महिला तथा बालबालिकाहरुको बेसहरु पनि बेसी आउने भन्दै तामाङ्गले महिला सेल मार्फत समस्या समाधान गरीरहेको जानकारी दिए । नेपाल प्रहरीको “सिधा कार्वाहि ” आरएससिसि लाई समेत एकिकृतरुपमा लागूगरीरहेको प्रहरीले ध्वनि प्रदुषण लाई नियन्त्रण गर्न रात्रिकालिन समय ११ बजेसमम मात्र कुनैपनि सुभ तथा धार्मीक कार्यमा साउण्ड सिस्टम बजाउन पाउने आचारसंहिता बनाई लगूगरेको तामाङ्गले बताए।

Related News

Comments are closed