पार्टी एकताबारे प्रचण्डको ब्रिफिङ: “सबै कुरा टुंगिसकेको छ,घोषणा कहिले गर्ने भन्ने मात्र हो”

141 Hits

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबारे ब्रिफिङ गरेका छन् । सोमबार बिहान भएको बैठकमा अध्यक्ष प्रचण्डले विवादित रहेको जनयुद्ध र पार्टी अध्यक्षलगायत अन्य पद बाँडफाँडका विषय पनि टुंगिसकेको बताए ।

बैठकमा सहभागी एक सांसदले भने, ‘आलोपालो प्रणालीअन्तर्गत प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ । पार्टी एकताको लागि अब कुनै पनि विषय बाँकी छैनन् । घोषणा कहिले गर्ने भन्नेमात्र हो । अध्यक्ष प्रचण्डले सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ ।’ ती नेताले भने, ‘एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने तथा जनयुद्ध शब्द र पार्टी अध्यक्षबारे महाधिवेशनमा टुंगो लाग्ने सहमति जुटेको छ । महाधिवेशनसम्म द्विअध्यक्षात्मक प्रणालीअन्तर्गत दुवैजना अध्यक्ष हुनुहुन्छ ।’

‘हामी जनयुद्ध लडेका मानिसहरुका लागि यसबारे हुने सम्झौताले चिन्तित बनाउँछ,’ एक माओवादी नेताले भने, ‘जनयुद्धले स्थापित गरेका एजेन्डा मान्ने, गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने तर त्यही शब्द समेत राख्न नमिल्ने एमालेको अडान र हाम्रै नेताहरुको उदासिनताले हामी दुःखी छौं ।’ ५०/५० प्रतिशत पद बाँडफाँड गर्नेबारे प्रचण्डले सहमति गरेको र झण्डै ३५० केन्द्रीय समितिमा २०० एमालेबाट र १५० माओवादीबाट सहभागी हुनेबारे पनि बैठकमा जानकारी गराइएको थियो । ‘प्रधानमन्त्री बन्ने, चुनाव चिन्ह सूर्य चाहिँ अहिले नै टुंगियो तर, जनयुद्धबारे पछाडि हट्नु दुःखद छ,’ एक माओवादी नेताले भने, ‘प्रचण्ड कमरेडले २ वर्ष प्रधानमन्त्री हुने सम्झौता हाताहाती गर्नुभएछ, जनयुद्ध र पार्टी अध्यक्ष चाहिँ महाधिवेशनलाई जिम्मा लगाएर उधारो कारोबार गर्नुभएछ ।’

‘भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणबाट फर्कनासाथ एकता हुनेबारे खबर मिलेको छ।’ एक माओवादी नेताले भने, ‘सम्भवत जेठको पहिलो हप्ता आसपास एकता महाधिवेशन हुनसक्छ ।’ माओवादी केन्द्र र एमालेले एकताका लागि जेठ पहिलो साता संयुक्त अधिवेशन गर्ने तयारी पार्टी एकता संयोजन समितिको बैठकपछि सुरु हुने पनि बैठकमा प्रचण्डले ब्रिफिङ गरेको एक सांसदले जानकारी दिए । दुवै पार्टी विघटन गर्ने र नयाँ पार्टी निर्माणका लागि संयुक्त अधिवेशन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी