मोदीको सुरक्षाका लागि ‘इन्डियन एयर फोर्स’का जवान नेपाल ल्याइँदै

71 Hits

काठमाडौँ । यही बैसाख २८ गते दुईदिने नेपाल भ्रमणमा आउदैँ गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘इन्डियन एयर फोर्स’का जवान को हेलिकोप्टरबाट  आउने भएका छन् । गृह मन्त्रालयका अनुसार मोदी फोर्सको हेलिकोप्टरमा आउनेछन् । बाँकी दुईवटा हेलिकोप्टरले मोदी सवार हेलिकोप्टरको दायाँ–बायाँ रहेर हवाई स्कर्टिङ गर्नेछन् ।

मोदी भ्रमण सुरक्षामा खटिएका नेपाल प्रहरीका डिआइजी ठुले राईले प्रधानमन्त्री मोदीको भ्रमण दल तीनवटा हेलिकोप्टरमा जनकपुर आउने जानकारी दिए । उनले भने, ‘भ्रमणभर सोही हेलिकोप्टर नै प्रयोग हुने जानकारी छ ।’ जानकी मन्दिर दर्शनपछि मोदी सोही हेलिकोप्टरबाट काठमाडौं आउनेछन् । तर, मुस्ताङको जोमसोम जाने क्रममा भने नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्नेछ । भारतीय पाइलट मुस्ताङको भूगोलमा अभ्यस्त नभएकाले नेपाली सेनाको हेलिकोप्टर प्रयोग हुन सक्ने सेनाको तर्क छ ।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘प्रधानमन्त्री मोदी उताबाटै आएको हेलिकोप्टरमा आउने सूचना छ । काठमाडौंसम्म त्यही हेलिकोप्टर प्रयोग होला । जोमसोम जाने क्रममा भने यसै भन्न सकिँदैन । तर, हवाईमार्ग भएरै जाने हो ।’ मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा २५ सुरक्षाकर्मी आउनेछन् । उनीहरू सबै सादा पोसाकमा रहनेछन् । भ्रमणभर प्रधानमन्त्री मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन् । जनकपुर ओर्लिएपछि मोदी सुरक्षाको सम्पूर्ण कमान्ड नेपाली सेनाले सम्हाल्नेछ ।

सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ । उनीहरू पनि सादा पोसाकमै रहनेछन् । त्यसपछिको तेस्रो सुरक्षा घेरामा नेपाली सेना र नेपाल प्रहरी रहनेछन् । यसका लागि सेनातर्फको कम्तीमा मेजरको कमान्डमा एक सय २५ सैनिक खटिनेछन् । उनीहरू भने औपचारिक पोसाकमै हुनेछन् । चौथो घेरामा सशस्त्र प्रहरी बलका सुुरक्षाकर्मी रहनेछन् । उनीहरू पनि हतियारसहित पोसाकमै रहनेछन् । गृहका अनुसार मोदी भ्रमणभर जनकपुरमा मात्रै नेपाल प्रहरीबाट दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् । यो टोली भ्रमण अवधिभर सय मिटरको फरकमा सडकमा उभिनेछ ।

मोदीको कार्गेटमा पनि नेपाल प्रहरी नै हुनेछ । भ्रमण अवधिभर सडक क्लियर गर्ने जिम्मा नेपाल प्रहरीकै छ । यस अवधिमा सीमा क्षेत्रका नाका सिल गरिनेछ । २ हजार पाँच सयकै हाराहारीमा सशस्त्र प्रहरीबाट पनि सुरक्षाकर्मी खटिनेछन् । उनीहरूले बन्द गरिएको सीमानाकामा नेपाल प्रहरीसँगै संयुक्त रूपमा गस्ती गर्नेछन् । त्यसबाहेक जानकी मन्दिरवरिपरि घरका छत, पुल, सडक तथा मन्दिर परिसरमा सशस्त्रका सुरक्षाकर्मी हतियारसहित तैनाथ रहनेछन् । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि भ्रमण अवधिभर खटिनेछन् । उनीहरूले भने सुरक्षासँग सम्बन्धित सूचना मात्रै संकलन गर्नेछन् ।

काठमाडौं र जोमसोम भ्रमणमा पनि सुरक्षाको सोही प्रबन्ध कायम रहनेछ । काठमाडौं भ्रमण अवधिभर काठमाडौंकै सुरक्षाकर्मी तैनाथ गरिनेछन् । मुस्ताङ भ्रमण अवधिभर भने प्रदेश ४ बाट खटिएका सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । जनकपुर, काठमाडौं र मुस्ताङ गरी भ्रमण अवधिभर कम्तीमा १२ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालित रहनेछन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी