पर्सामा प्रहरी र स्थानीयबीच झडप, पाँच जना घाइते

88 Hits

पर्सा । जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । सोमबार बिहान झडप हुँदा २७ राउण्ड गोली चलेको छ ।

घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय पर्साबाट गएका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव रहेका छन् । प्रहरी जवान यादवको अवस्था गम्भिर रहेको बताईएको छ ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन गरेर एउटै मोटरसाईकलमा सवार चार भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन ईलाका प्रहरी कार्यालय सेढुवा पुगेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा रहेका स्थानीय र प्रहरीबीच सोमबार विहान झडप भएको बताइएको हो । स्थिती नियन्त्रणमा लिनका लागी प्रहरीले २३ राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । स्थानियले प्रहरीको बा २ ब ५७०५ नम्बरको सरकारी मोटरसाईकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाईकल जलाईदिएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको गाडी समेत स्थानियले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थाना अन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रबेश गौरो, बिष्णु भर गौरो, दिनदयाल महतो लाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना सवार रहेको फेला पारेपपछि आईतबार साँझ ८ बजेतिर नियन्त्रणमा लिएर ईप्रका सेढवामा राखेको थियो । मोवाईल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएर सेढवामा राखेको थियो ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी