अन्त्य भयो सिन्डिकेट, व्यवसायीहरु प्रतिष्पर्धामा जान तयार

52 Hits

काठमाडौं । यातायातका क्षेत्रमा रहँदै आएको सिन्डिकेट हटाएर प्रतिष्पर्धामा जान व्यवसायी तयार भएका छन् । सरकार र यातायात व्यवसायीका प्रतिनिधिबीच आइतबार अबेरसम्म भएको छलफलमा सिन्डिकेट हटाउने सहमति भएको हो ।

यातायात व्यवसायीहरु आन्दोलन फिर्ता गर्न र कम्पनीमा जान सहमत भएका हुन् । वार्तामा भएका सहमति सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । सरकारले यातायात समिति र संघलाई कम्पनीमा दर्ता हुन भनेपनि यसको विपक्षमा रहेका यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । व्यवसायीको आन्दोलनविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । आन्दोलनमा उत्रिएका व्यवसायीलाई पक्राउ गर्दै सरकार रुट परमिट खारेज गर्ने प्रक्रियामा लागेपछि सिन्डिकेट पक्षधरका व्यवसायी गलेका हुन् ।

देशभर पक्राउ परेका सिन्डिकेट पक्षधरका व्यवसायी रिहा भैसकेका छन् । आफ्ना गाडीलाई कम्पनीअन्तर्गत दर्ता गरी सञ्चालन गर्ने र सिन्डिकेट नगर्ने कागजमा हस्ताक्षर गरेपछि उनीहरु रिहा भएका हुन् ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी