“फिर्ता गरिसकेको सुनलाई प्रहरीले लुकाएको भनेर चरित्र हत्या गर्ने काम भयो”-डिएसपी मल्ल

248 Hits

काठमाडौँ । झण्डै एक महिना पहिले चैत २२ गते दरबार मार्गस्थित नाईट महल बाट पर्याटकसंग ज्यादा रकम असुलेको (ओवर विलिङ्ग) आरोपमा काभ्रेका युवराज भन्ने गंगादास लामा र राजन बस्नेत पक्राउ परे । उनीहरुलाई अनुसन्धानका लागि दरबारमार्गस्थित महानगरिय प्रहरी बृत्तमा राखिएको थियो । हिरासतमा रहँदा अभियुक्तले लगाएको झण्डै ८२ हजार बराबरको सुनको गहनाको प्रहरीले प्रशासनको जिम्मा लगाइदिए ।

अभियुक्तहरु झण्डै एक महिनाको अनुसन्धान र हिरासत पछि २२ हजार विगो कायम सहित २० हजार धरौटीमा बैसाख ६ गते हिरासत मुक्त भएका थिए । तर उनीहरु हिरासत मुक्त हुँदा प्रहरीलाई जिम्मा लगाइएको सुनको गहना भेटिएन । नभेटिए पछि गहनाकोे खोजीका लागि छानविन समिती गठन गरियो । समिति गठन गरेकै दिन गहना भेटियो र बिल भरपाईसहित अभियुक्तलाई गहनाको जिम्मा दिएर पठाइयो । तर ३३ किलो सुन प्रकरण सेलाउन नपाउदै प्रहरीले सुन लुकाएको भनेर आरोप लगाइएको प्रति प्रहरीले मुख खोलेको छ ।

दर्बारमार्ग प्रहरी बृत्त प्रमुख (डिएसपी) दान बहादुर मल्लका अनुसार–“यो बिषयलाई ३३ किलो सुनसंग जोडेर प्रहरीलाई बदनाम गर्ने काम भएको छ ।” उनले भने, “भेटिएको गहना जस्ताको त्यस्तै सम्बन्धीत पक्षलाई बुझाइएको छ, तर त्यसको केहि दिन पछि सुन प्रहरी कार्यलयबाटै हरायो भनेर नियोजित रुपमा मिडियाबाट समाचार सम्प्रेषण भयो, म त छक्क परेँ” मिडियामा आएको गलत प्रचारले सत्य–तथ्य सुचना र समचारमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै डिएसपी मल्लले भने–“गहना मिसप्लेस मात्र भएको हो, लुकाइएको भनेर गरिएको प्रचार गलत हो ।”

मिडियामा आउने गरेका गलत प्रचार र समाचारप्रति बिश्वास नगर्न उनले सबैलाई आग्रह समेत गरेका छन् । सम्बन्धीत पक्षले आफ्नो सामान र भरपाई बुझिसको उनले जानकारी दिए । “मिली सकेको कुरा मिडीयामा ल्याईयो, सामान्य घटनालाइ योजनाबद्ध रुपमा आरोप लगाइएको जस्तो पनि देखियो, यो गलत हो ।” उनले सत्य–तथ्य उजागर गरे । प्रहरी प्रशासनलाई असहयोग र बदनाम गर्ने खालको यस कार्यले प्रहरी प्रशासन रुष्ट भएको उनले बताए ।

उता पक्राउ परेर मुक्त भएका युवराज लामा र रोजन बस्नेतले आफ्नो समान लिइसकेको भए पनि सुन लुकाएको भनेर डिएसपी मल्लको चरित्र हत्या गर्ने काम भएको बताए ।
युवराज लामाको बयान जस्ताको त्यस्तै
मेरो नाम युवराज लामा हो । म दरबारमार्ग स्थित नाइट मल रेष्टुरेन्ट सञ्चालक हुँ । केही दिन अघि हामीलाई दरबारमार्ग प्रहरीले ‘ओबर विलिङ’को अभियोगमा पक्राउ गरेको थियो । गत चैत्र २२ गते म र मेरो साथी रोजन बस्नेत पक्राउ परेका थियौँ । प्रहरीले पक्राउ गरेपछि थुनुवा कक्षमा जाने बेला हाम्रो सामान पोकामा राख्नु पर्ने रहेछ ।

हामीसँग डेढ तोला सुन, र मोबाइल थियो । त्यो दिन थुनुवा कक्षमा ५० जना भन्दा धेरै मानिसहरु थिए । उनीहरु सबैको सामान राख्नु पर्ने थियो । त्यही क्रममा हाम्रो सामान पनि ‘मिसप्लेस’ भएछ । अरु कसैको पोकामा हाम्रो सुन सहितका सामन पर्न पुगेछ । प्रहरीले नाम लेखेपछि उक्त सामान हाम्रो पोकामा हाल्नु पर्ने भूलबस अर्को थुनुवाको पोकामा परेछ । प्रहरीले उक्त सामान पत्ता लगाएर हामीलाई बुझाइसकेको छ ।

Related News

Comments are closed