पक्राउ परेका ५० जना यातायात व्यवसायी हड्ताल नगर्ने सर्तमा हिरासत मुक्त

43 Hits

काठमाडौं । यातायात्र बन्दका क्रममा गत शुक्रबार पक्राउ परेका ५० जना यातायात ब्यवसायीलाई प्रहरीले मुक्त गरेको छ । विभिन्न जिल्लाबाट पक्राउ परेका १ सय २१ जना मध्ये ५० जनालाई यातायात क्षेत्रमा हड्ताल नगर्ने सर्तमा रिहा गरिएको प्रहरी प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौला लगायत ७१ जना भने अझै प्रहरी हिरासतमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता नेउपानेले जानकारी दिए । सिन्डिकेट प्रणाली खारेज गर्ने सरकारी निर्णय विरुद्ध गत शुक्रबार आन्दोलनमा उत्रिएका व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । महासंघ अध्यक्ष कर्माचार्यलाई भने प्रहरीले हिजो पक्राउ गरेको हो ।

Related News

Comments are closed