पेरिसडाँडाबाट बादल गर्जिए- “तस्कर, दलाल,पुँजीपतिलाई ध्वस्त पार्छौँ”

97 Hits

काठमाडौँ । नेपाल सरकारका गृह मन्त्री एंव माओबादी केन्द्रका नेता राम बहादुर थापा ‘बादल’ले अहिलेसम्म देशको अर्थतन्त्र दलाल र पूँजीपति वर्गको हातमा रहेको हुँदा देश बिकासमा बाधा उत्पन्न भएको बताएका छन् । कम्युनिष्ट नेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीको अवसरमा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री थापाले भ्रष्टचार, तस्कर र अस्थिरता फैलाउने अपराधीलाई नियन्त्रण गरेमा मात्र देशको बिकास संभव हुने बताए ।

उनले भने- “देशको अर्थतन्त्र तस्कर र दलाल पूँजपितिको हातमा छ, तयस्ता तत्वलाई ध्वस्त पाछौँ ।” कार्ल माक्र्सको योगदानको कदर गर्दै मन्त्री थापाले आफुहरु नेपालमा समाजबाद स्थापना गर्नका लागि प्रतिबद्ध रहेको र साम्यबाद सम्म पुग्नका लागि समाजबाद नै अन्तिम खुड्किलो भएको बताए । एमाले र माओबादीबीचको पार्टी एकताको प्रसंग उल्लेख गर्दै मन्त्री थापाले नयाँ पार्टी जन्मको अन्तिम महिना भएको जानकारी दिए । उनले भने-“एउटा बच्चा जन्माउन पनि नौ महिना त कुर्नै पर्छ, नयाँ पार्टीको जन्मनका लागि पनि समय त लागि हाल्छ नि ।” देशलाई समाजबादको दिशा तर्फ उन्मुख गराउन नयाँ पार्टीले महत्वपूर्ण भुमिका खेल्ने बताए । अहिलेको सरकार एकाधिकारको अन्त्य गरि अपराधीलाई नियन्त्रणमा ल्याउन प्रतिवद्ध रहेको र शान्ती र सुब्यवस्था कायम गर्नका लागि आफुले कुनै कसर बाँकी नराख्ने धारणा ब्यक्त गरे ।

Related News

Comments are closed