धरानबाट काँकडभिट्टा जाँदै गरेको बसमा बम प्रहार, दुई घाइते

41 Hits

इटहरी । इटहरीमा गुडिरहेको बसमाथि बम प्रहार गरिएको छ । बम प्रहारबाट बसमा यात्रा गरिरहेका २ बालबालिका घाइते भएका छन् । धरानकी पुनम गौतमका ३ वर्षीय छोरा योजन गौतम र ८ वर्षीया छोरी हेलेन गौतमलाई बमको छर्रा लागेको छ ।

धरानबाट काँकडभिट्टा हिडेको सूर्योदय यातायातको मे १ ख २७३४ नं. को बस माथि बम प्रहार गरिएको हो । बम बसको छेउकै सडकमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विस्फोटबाट कालोपत्रे सडक कोतरिएको छ । उक्त छेउमा कागजको झोलाका टुक्रा पाइएको छ । बस कर्मचारी भीम भण्डारीका अनुसार ठूलो आवाज आएपछि मात्र आफूले बम प्रहार गरेको थाहा पाएको बताए । इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Related News

Comments are closed