कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धार पहल

73 Hits

काठमाडाै‌, २२ बैसाख ।

सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारकाे पहल सुरु गरेको छ ।

कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई स्वदेश ल्याउने विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयुक्त पहलमा स्वदेश ल्याउने तयारी भएको हो ।

कतारस्थित नेपाली दुतावासका अनुसार रोजगारीका लागि कतारको हमाव विहित हालिक नामक कम्पनी बन्द भएपछि ४२९ जना नेपाली युवा अलपत्र छन् ।

उनीहरु कम्पनी बन्द भएपछि कम्तीमा तीन महिना र बढीमा नौ महिनादेखि तलब नपाएर अलपत्र अवस्थामा सोही कम्पनीको क्याम्पमा बसोबास गर्दै आएका छन् ।

कतारका लागि नेपाली नेपाली राजदुत रमेश कोइरालालले कतारमा अलपत्र अवस्थमा रहेका नेपाली युवालाई स्वदेशमा कसरी फर्काउने भन्ने विषयमा श्रममन्त्री गोकर्णराज विष्टसँग टेलिफोनमा कुराकानी भएको बताएकाे आजको गोरखापत्रमा समाचार छापिएको छ ।

 

Related News

आज वेपत्ता योद्धा स्मरण दिन, के छ बेपत्ताको अवस्था ? सरकार ! यहाँ छन् वेपत्ता पार्नेहरु…

काठमाडौं, ७ जेठ । आज आज वेपत्ता योद्धा स्मरण दिन । नेपालको वर्तमान राजनीतिक परिवर्तनको मुख्य कडीको रुमा रहेका माओवादी…

प्रेस काउन्सीलले गर्यो यस्तो खबरदारी, होला त पालना ?

काठमाडौं, ३१ बैसाख । पत्रकारीतालाई मर्यादित र व्यवस्थित बनाउन राज्यको आधिकारीक निकाय प्रेस काउन्सीलले पत्रकार र संचारमाध्यमहरुलाई कडा खबरदारी जारी…

Comments are closed