माधव र झलनाथलाई साक्षी राखेर के भने प्रचण्डले ?

186 Hits

काठमाडौँ, २१ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरुको एकतामा ढिलाइ गर्न नहुने बताएका छन् ।

‘कार्ल माक्र्स जन्म द्विशतवार्षिकी समारोह समिति’ ले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘आजको मार्क्सवाद, लोकतन्त्र, समृद्धि र समाजवाद’ विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले नेकपा (एमाले) सँगको एकता केही दिन भित्रमा नै हुने बताए ।

अध्यक्ष प्रचण्डले एकतामा ढिलाइ भए मुलुक पुनः अराजकता र असफलताको भूमरीमा फस्ने बताउँदै कतिपय विदेशी वुद्धिजीवीले नेपाल राष्ट्र नै असफल हुनसक्छ भनी गर्ने गरेका विश्लेषणलाई गलत सावित गर्न एकता गरेर आफूहरुले विश्वलाई नयाँ सन्देश दिने खोजेको बताए ।

उनले भने, “पार्टी एकतापछि नेपाल राष्ट्र झन् शक्तिशाली भएर समृद्धिको यात्रामा अगाडि बढ्नेछ, हामी एमाले र माओवादी केन्द्र विघटन गरेर नयाँ पार्टी निर्माणको चरणमा छौँ, पुरानो आग्रह र पूर्वाग्रहबाट मुक्त भई नयाँमा रुपान्तरण हुन आवश्यक छ ।”

अध्यक्ष प्रचण्डले एमालेसँगको एकतामा एकाध बाहेक सबै कम्युनिष्ट केन्द्रित हुन आइपुग्ने अवस्था आउने पनि बताए । ‘आफूलाई कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त भन्ने सबै पार्टीहरु एक हुनुको बिकल्प छैन’ प्रचण्डले भने ।

एमालेका नेता माधवकुमार नेपालले शान्तिपूर्ण रुपान्तरण र समाजवाद उन्मुख प्रणालीमार्फत् समृद्धि हासिल गर्ने विचार, मूल्य, मान्यता र सिद्धान्तमा कुनै विवाद नभएकाले एकतामा अवरोध नआउने धारणा व्यक्त गरे ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले उपभोक्तावादी चिन्तन र बुर्जुवा संस्कृतिलाई अन्त्य गर्दै समाजवादको आधारशीला खडा गर्न कम्युनिष्ट एकीकृत हुनुको विकल्प नभएको बताए । उपाध्यक्ष वामदेव गौतमले नेपालमा आजको मार्क्सवादको सम्मान नै पार्टी एकता भएको बताए ।

समितिका अध्यक्ष एवं एमालेका उपमहासचिव घनश्याम भुषालले दुई दिनसम्म चल्ने गोष्ठीमा मार्क्सवाद, लोकतन्त्र, समृद्धि र समाजवादबारे विषय विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए । उनले १० हजार युवालाई माक्र्सवादबारे प्रशिक्षण दिने तयारी भएको पनि बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी